प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

प्यूठानको देवीस्थानमा खोटो गोदाममा भीषण आगलागी

प्यूठानको माण्डवी गाउँपालिका–३ देवीस्थानस्थित सल्लाको खोटो संकलन गरेर राखिएको गोदाममा भीषण आगलागी भएको छ।

दिउँसो साढे २ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार लवदेव अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले देवीस्थान बजारनजिकको जंगलमा आगो फैलिएको छ।

बजार र बस्ती आगलागीको जोखिममा परेको र आगो नियन्त्रणका लागी सबैखाले प्रयास भइरहेको छ। ‘खोटोको गोदाममा आगलागी भयो। त्यो आगो अहिलेसम्म निभेको छैन,’ अधिकारीले भने,‘खोटोबाट सुरु भएको आगो वनमा पनि फैलिएको छ।’

आगो नियन्त्रणको प्रयास भइरहेको छ। प्यूठान नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ। झण्डै ८० लाख बराबरको खोटो जलेर नष्ट भएको जनाइएको छ।

स्थानीयका अनुसार आगो देवीस्थान बजारको माथिल्लो जंगलमा लागिरहेको छ। स्थानीयहरुले घरबाहिर निस्केर आगो निभाउने प्रयास गरिरहेको स्थानीय बासिन्दा दीपा घिमिरेले बताइन्।

‘आगो बस्तीमा आउने जोखिम छ। हामी सबै आगो निभाउन खटिएका छौँ,’ घिमिरेले भनिन्,‘सबैको प्रयास जारी छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित