बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित                
समाचार :

प्यूठानको देवीस्थानमा खोटो गोदाममा भीषण आगलागी

प्यूठानको माण्डवी गाउँपालिका–३ देवीस्थानस्थित सल्लाको खोटो संकलन गरेर राखिएको गोदाममा भीषण आगलागी भएको छ।

दिउँसो साढे २ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार लवदेव अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले देवीस्थान बजारनजिकको जंगलमा आगो फैलिएको छ।

बजार र बस्ती आगलागीको जोखिममा परेको र आगो नियन्त्रणका लागी सबैखाले प्रयास भइरहेको छ। ‘खोटोको गोदाममा आगलागी भयो। त्यो आगो अहिलेसम्म निभेको छैन,’ अधिकारीले भने,‘खोटोबाट सुरु भएको आगो वनमा पनि फैलिएको छ।’

आगो नियन्त्रणको प्रयास भइरहेको छ। प्यूठान नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ। झण्डै ८० लाख बराबरको खोटो जलेर नष्ट भएको जनाइएको छ।

स्थानीयका अनुसार आगो देवीस्थान बजारको माथिल्लो जंगलमा लागिरहेको छ। स्थानीयहरुले घरबाहिर निस्केर आगो निभाउने प्रयास गरिरहेको स्थानीय बासिन्दा दीपा घिमिरेले बताइन्।

‘आगो बस्तीमा आउने जोखिम छ। हामी सबै आगो निभाउन खटिएका छौँ,’ घिमिरेले भनिन्,‘सबैको प्रयास जारी छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित