३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

गुल्मीमा डढेलोमा परी दुई जना घाइते, २८ घरगोठ जले

गुल्मीमा डढेलोमा परी दुई जना घाइते भएका छन् भने २८ घरगोठ जलेका छन्।

दुई दिनदेखि लागेको डढेलोले इस्मा गाउँपालिका वडा नंं. १, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा घरगोठ जलेका हुन्। इस्मा गाउँपालिका-१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ। स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका छन्।

त्यस्तै, चन्द्रबहादुर कुँवरको घरसहित कुटानी-पिसानी मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीन वटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले बताए।

शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका-२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिएको थियो। त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका छन्।

इस्मा गाउँपालिका-४ को हुल र कोटकोटेरीमा लागेको डढेलोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए।

इस्मा गाउँपालिका-१ मा लागेको डढेलोका कारण ट्रयाक्टर चालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्। उनीहरूको हातखुट्टा र अनुहार जलेको छ। घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। डढेलोका कारण लु ४ त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ।

वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका-४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ। सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन्।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले दुई करोडको क्षति भएको अनुमान गरिएको छ। डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम शुरू भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित