३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवल सहित देशका विभिन्न स्थानमा ठूलो हावाहुरी

आज (शनिबार) बुटवल सहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ।

महाशाखाका अनुसार यतिबेला (शनिबार दिउँसो) कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ।

महाशाखाले भनेको छ, ‘गणितीय मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका तराईका केही भूभागमा २४ मिटर प्रतिसेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना छ।’

महाशहाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा वर्षा/हिमपातको सम्भावना समेत रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले केही बेरअघि काठमाडौँ उपत्यकामा पनि ठूलै हावाहुरी चलेको जानकारी दिए।

शनिबार दिउँसो १:४५ बजे उनले भने, ‘केही अघि काठमाडौँको एयरपोर्ट क्षेत्रमा १५ मिटर प्रतिसेकेन्ड गतिको हावाहुरी चलेको थियो याे भनेको ठूलै हो, उनले भनेऽ अहिले भने प्रतिसेकेन्ड ८ मिटर प्रतिसेकेन्डको हावाहुरी चलिरहेको छ, तर फेरि बढ्ने सम्भावना पनि छ।’

यस्तै आज दिउँसो रुपन्देहीको भैरहवामा १५ मिटर प्रतिसकेन्डको हावाहुरी चलेको जानकारी उनले दिए। ‘आज दिउँसो लुम्बिनी प्रदेशका पनि धेरै स्थानमा हावाहुरी चलेको छ’, उनले भने।

खासगरी पश्चिमी तराई र पूर्वी तराईमा हावाहुरीको सम्भावना बढी रहे पनि कोसी प्रदेशको पहाडी क्षेत्रमा पनि आज हावाहुरी चलेको उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित