लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल सहित देशका विभिन्न स्थानमा ठूलो हावाहुरी

आज (शनिबार) बुटवल सहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ।

महाशाखाका अनुसार यतिबेला (शनिबार दिउँसो) कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ।

महाशाखाले भनेको छ, ‘गणितीय मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका तराईका केही भूभागमा २४ मिटर प्रतिसेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना छ।’

महाशहाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा वर्षा/हिमपातको सम्भावना समेत रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले केही बेरअघि काठमाडौँ उपत्यकामा पनि ठूलै हावाहुरी चलेको जानकारी दिए।

शनिबार दिउँसो १:४५ बजे उनले भने, ‘केही अघि काठमाडौँको एयरपोर्ट क्षेत्रमा १५ मिटर प्रतिसेकेन्ड गतिको हावाहुरी चलेको थियो याे भनेको ठूलै हो, उनले भनेऽ अहिले भने प्रतिसेकेन्ड ८ मिटर प्रतिसेकेन्डको हावाहुरी चलिरहेको छ, तर फेरि बढ्ने सम्भावना पनि छ।’

यस्तै आज दिउँसो रुपन्देहीको भैरहवामा १५ मिटर प्रतिसकेन्डको हावाहुरी चलेको जानकारी उनले दिए। ‘आज दिउँसो लुम्बिनी प्रदेशका पनि धेरै स्थानमा हावाहुरी चलेको छ’, उनले भने।

खासगरी पश्चिमी तराई र पूर्वी तराईमा हावाहुरीको सम्भावना बढी रहे पनि कोसी प्रदेशको पहाडी क्षेत्रमा पनि आज हावाहुरी चलेको उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित