प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको समृद्धि सेलोन एण्ड एकेडेमीले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको छ । समृद्धिले अब हरेक वर्षक एक जना ग्राहकलाई ‘लक्कि–ड्र’बाटा स्कुटर तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने सञ्चालक मोहन ठाकुरले जानकारी दिए ।

हरेक पटक सेवा लिन आउने ग्राहकलाई प्रदान गरिने कुपनबाट लक्कि ड्र गर्दा भाग्यशाली एक जनालाई स्कुटरसहित आकर्षक गिफ्ह्याम्पर र एक वर्ष निःशुल्क सेवा प्रदान गरिने तथा अन्य विजेताहरुलाई निःशुल्क सेवासहित आकर्षक उपहार प्रदान गरिने ठाकुरले बताए ।

बुटवलको अमरपथमा मुख्य कार्यालयसहित पोखरा र मणिग्राममा शाखा सञ्चालनमा रहेको समृद्धिले बर्दघाट र चार नम्बर कपिलवस्तुमा फ्रेन्चाइज सेवा प्रदान गर्ने गरेको छ । यी सबै शाखाहरुमा सेवा लिन आउने ग्राहकले प्रत्येक पटक कुपन प्राप्त गर्ने छन् । उक्त कुपन शंकलन गरी विशेष कार्यक्रम सहित लक्कि–ड्रसहित सार्वजनिक गरिने बताइएको छ ।

हेयर डिजाइन तथा सौन्दर्य कलाका लागि युवा समुदायमा लोकप्रिय बन्दै गएको समृद्धिले सेवा विस्तार गर्दै भैरहवा र चितवनमा समेत शाखा बिस्तार गर्ने योजना बनाएको छ । हालसम्म २ करोड बढी लगानी रहेको समृद्धिले देशभर ५० जना बढीलाई प्रत्येक्ष रोजगार प्रदान गर्दै आएको छ । त्यस बाहेक समृद्धिबाल सीप हासिल गरी स्वरोजगार बन्ने र रोजगार प्राप्त गर्नेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको सञ्चालक ठाकुरले दाबी गरे । समृद्धिले हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित बुटवलमा एकेडेमी समेत सञ्चालनमा ल्याएको छ । एकेडेमीमा एकै पटक ४० जनासम्मलाई सीप प्रदान गर्न मिल्नेगरी संरचनासहित सञ्चालनमा आएको सञ्चालक ठाकुरले बताए ।

समृद्धिको उपहार योजना बारे जानकारी गराउन विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले समृद्धिले युवाहरुलाई रोजगारमा जोड्नु सकारात्मक भएको उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित