‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान टुंग्यायो

बुटवलको सुप्रिम सहकारी ठगीको जाहेरीमा प्रहरीले अनुसन्धान टुंग्याएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अनुसन्धान सकेर गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो।

प्रतिवेदन अध्ययन गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिराम सुवेदीले बताए।

‘प्रहरीले प्रतिवेदन बुझाएको छ। हामी अध्ययन गरिरहेको छौं। प्रहरीले ल्याएका प्रतिवादीमा थपघट हुन पनि सक्छ त्यति नै जान पनि सक्छ’ सुवेदीले भने।

प्रहरीले यो सहकारी ठगीमा ८६ करोड १८ लाख बिगो दाबी गर्दै २८ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भवीश्वर अर्यालसहितलाई प्रतिवादी बनाउन प्रहरीको राय छ।

यस्तै प्रहरीले नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धीरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राजभण्डारीलाई पनि प्रतिवादी बनाउन राय दिएको छ।

भुपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामीलाई पनि प्रतिवादी बनाउन प्रहरीको राय छ।

यीमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दीपेश पुन पक्राउ परेका छन्। कुमार रम्तेलसहित केही प्रतिवादी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। अन्य प्रतिवादीहरू भने फरार रहेको प्रहरीले जनाएको छ।

दीपेश पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित