‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलमा दर्ता नभएका अटो रिक्सा सञ्चालनमा कडाई

दर्ता नभएका अटो रिक्सा सञ्चालनमा कडाई गर्न थालेपछि बुटवलमा दर्ता नभएका अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् ।

विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार बुटवलले दर्ता नभएका अटो रिक्सा सञ्चालनमा विगतदेखि नै रोक लगाउने निर्णय गरेको थियो ।

उपमहानगरपालिकाले यसअघि सञ्चालन हुंदै आएका मान्छेले तान्ने रिक्सा विस्थापित गर्दा पांच वटा रिक्सा बराबर एउटा अटोरिक्सा दर्ता गर्ने सहमति दिएको थियो । सोही अनुसार बुटवलमा १ हजार ४ सय ४० वटा अटोरिक्सा दर्ता भई संचालन भईरहेका छन् ।

दर्ता गरिएका १ हजार ४४० वटा मात्रै अटो रिक्सा संचालन गर्ने अनुमती पाएपछि त्योभन्दा बढी अटो रिक्सा आयात गरेकाहरु असन्तुष्ट रहंदै आएका थिए । बुटवलमा दर्ता भएका अटोरिक्साकै हाराहारीमा दर्ता बिनाका अटो रिक्सा सञ्चालनमा छन् । बजारको मागभन्दा धेरै अटो रिक्सा सञ्चालन हुंदा बुटवल बजारको ट्राफिक अस्तव्यस्त बनेको छ ।

नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन विनादर्ताका अटोरिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरपालिकाले बताउंदै आएको छ ।

अटो रिक्सा चालकहरुले लाखौं रुपैया लगाएर किनेका अटो रिक्सा संचालन गरि आफुहरुलाई पनि स्वरोजगार बन्न दिनुपर्ने बताउंदै आएका छन् । उनिहरुले उपमहानगरपालिकालाई अटो रिक्सा दर्ताका लागि पटकपटक दवाव समेत दिंदै आएका छन् । सोहि क्रममा केहि दिन पहिले मात्र अटो रिक्सा दर्ताका लागि दवाव दिन उपमहानगरपालिका गएका अटो रिक्सा चालकहरुले नगरप्रहरी माथी हातपात समेत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित