लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भन्सार छलीका सामान प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको सामान बरामद गरेको छ । विभिन्न ठाउँबाट बरामद गरिएको सामानको मूल्य करिब एक लाख ७ हजार ९८१ रुपैयाँ रहेको प्रहरीस् प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइएको छ । एसपी राठौरका अनुसार इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बाइपासबाट बिभिन्न किसिमका खाद्यान्न तथा किराना २० हजार मूल्यको सामान बरामद गरेको छ ।

यस्तै, प्रहरी चौकी दुबेथुमुहवा, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका वडा नं. ३, थुमुवाबाट प्लास्टिकका बिभिन्न प्रकारका भाडा र सामान १३ हजार बराबरको बरामद गरेको हो । प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका वडा नं. २, खुरहुरियाबाट ९ हजार बराबरको चिनी नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी पोष्ट ड्राइभरटोलबाट खटिएको प्रहरी टोलिले तिलोत्तमा नगरपालिका वडा नं. ३, ड्राइभरटोलबाट बिभिन्न किसिमका खाद्यान्न तथा किराना सामानहरु ५७ हजार ४८१ बरावरको बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट भलुहीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नं. ९, भलुहीबाट ८ हजार ५ सय बराबरको १२० किलो प्याज बरामद गरेको छ । रुपन्देही प्रहरीले पछिल्लो समय सीमा नाकामा गरेको कडाईले धमाधम अवैध सामानहरु बरामद भइरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित