‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रोट्रयाक्ट डिस्टिक ३२९२ को दोस्रो पिएस मिट तथा पेट्स सेट्स झापाको दमकमा सम्पन्न

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा आयोजित दोस्रो पिएस मिट झापाको दमकमा चैत्र २४ गते सनिवार सम्पन भएको छ ।
रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान अर्न्तर्गत रहेका रोट्रयाक्ट क्लबहरु मध्ये ११० क्लबहरु बाट ६०० भन्दा रोट्रयाक्टरहरुको उक्त कार्यक्रममा सहभागीता रहेको थियो । आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का अध्यक्ष एवं सचीवहरुलाइ केन्द्रित गरि राखिएको कार्यक्रममा बर्ष २०२४/२५ का लागि निर्वाचित अध्यक्ष र सचीवहरुलाइ छुट्टाछुट्टै समुहमा तालिम प्रदान गरिएको थियो ।
अध्यक्षहरुको तालिम सहजिकरण एवं प्रशिक्षण बर्ष २३/२४ का एडिआरआर भुपेन्द्र निरौला, असिस्टेन्ट डिस्टिक सेक्रेटरि अनुप पाण्डे , डिस्टिक सेक्रेटरि सुशान्त धिताल बर्ष २३/२४ का डिआरआर रोशन कार्की, बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिले गरेका थिए । सचीवहरुको तालिम सहजिकरण एवं प्रशिक्षण बर्ष २३/२४ का डिस्टिक सेक्रेटरि सुशान्त धिताल, २४/२५ का एडिआरआर चन्द्र भक्त अधिकारि र बर्ष २४/२५ का लागि डिस्टिक सेक्रेटरि सुबिन खड्काले गरेका थिए । कार्यक्रमको उद्घघाटन समारोह रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष सवन अधिकारीको अध्यक्षता, दमक नगरपालिका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता, रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान बर्ष २३/२४ का डिआरआर रोशन कार्की, बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिको बिशिस्ट आतिथ्यता, रोटरि क्लब अफ दमकका अध्यक्ष पदम बराल, इन्टयाक डिस्टिक प्रतीनिधि बिप्लव थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख राम थापाले दमकमा दोस्रो पिएस मिट कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै रोट्रयाक्टको माध्यमबाट आज हजारौं युवाहरु आफ्नो ब्यक्तित्व र नेतृत्व बिकास सगै सामाजिक कार्यमा लाग्नु निकै सुखद पक्ष रहेको बताए। कार्यक्रममा बोल्दै बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिले आगामी बर्षलाइ उत्कृष्ट बनाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताए भने २३/२४ का डिआरआर रोशन कार्किले यस बर्षका बाकी कार्यक्रमहरुलाइ सप्पन्न गर्दै जाने र आगामी बर्षमा अझै महत्त्वपूर्ण रोट्रयाक्ट गतिविधिहरु संचालन गर्नुपर्ने र रोट्रयाक्टमा अझै युवा सहभागी बढाउन सकिनेमा जोड दिए।
रोट्रयाक्ट डिस्टिक३२९२ को आयोजना ,रोट्रयाक्ट क्लब अफ दमकको आतिथ्यता सगै अन्य ०९ वटा रोट्रयाक्ट क्लबहरुको सहकार्यमा उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न भएको बर्ष २४/२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित