‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

व्यापार संघद्वारा आगलागी पिडित व्यवासायीलाई १ लाख राहत वितरण

बुटवल । रुपन्देही व्यापार संघले आफ्ना सदस्य व्यवसायीको पसलमा आगलागी भई क्षति पुगेको अवस्थामा राहात स्वरुप नगद रकम प्रदान गरेको संघले जनाएको छ ।
सोमवार संघले एक कार्यक्रमको आयोजना गरि बुटवल मैनावगरस्थित संघका सदस्य व्यवसायी अर्जुन पोखरेललाई रु. १ लाख ११ हजार १ सय ११ को चेक प्रदान गरिएको हो । सो चेक संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्षहरु मोतीलाल पाण्डे, कृष्णप्रसाद घिमिरे तथा अध्यक्ष दिपक अधिकारीले संयुक्त रुपमा पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले संघ सधै व्यवसायीहरुको पिडामा साथ रहने र व्यवसायीहरुलाई पर्ने समस्यामा सहयोगि बन्ने गरेको उल्लखे गर्दै व्यवसायीको समस्यामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएको बताउनु भयो ।
अधिकारीले यस प्रकारका संघ कहिल्यै उभिन नपरोस भन्दै आकस्मिक रुपमा हुने समस्याहरुमा संघ अभिभावक भएर काम गर्ने बताउदै संघको सहयोगलाई घाउमा मल्हम लगाउने काम मात्र भएको धारणा राख्नु भयो ।
संघले आगलागी, चोरी जस्ता घटना भएका व्यवसायिक प्रतिष्ठानलाई राहत प्रदान गर्ने उद्देश्यले राहात कोष स्थापना गरेको छ । गत चैत्र ११ गते राति मैनावगरस्थित पोखरेलको मोटर पार्टस पसल यशोदा सप्लार्यसमा आगलागी हुदा करिव १ करोडको क्षति भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित