३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

व्यापार संघद्वारा आगलागी पिडित व्यवासायीलाई १ लाख राहत वितरण

बुटवल । रुपन्देही व्यापार संघले आफ्ना सदस्य व्यवसायीको पसलमा आगलागी भई क्षति पुगेको अवस्थामा राहात स्वरुप नगद रकम प्रदान गरेको संघले जनाएको छ ।
सोमवार संघले एक कार्यक्रमको आयोजना गरि बुटवल मैनावगरस्थित संघका सदस्य व्यवसायी अर्जुन पोखरेललाई रु. १ लाख ११ हजार १ सय ११ को चेक प्रदान गरिएको हो । सो चेक संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्षहरु मोतीलाल पाण्डे, कृष्णप्रसाद घिमिरे तथा अध्यक्ष दिपक अधिकारीले संयुक्त रुपमा पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले संघ सधै व्यवसायीहरुको पिडामा साथ रहने र व्यवसायीहरुलाई पर्ने समस्यामा सहयोगि बन्ने गरेको उल्लखे गर्दै व्यवसायीको समस्यामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएको बताउनु भयो ।
अधिकारीले यस प्रकारका संघ कहिल्यै उभिन नपरोस भन्दै आकस्मिक रुपमा हुने समस्याहरुमा संघ अभिभावक भएर काम गर्ने बताउदै संघको सहयोगलाई घाउमा मल्हम लगाउने काम मात्र भएको धारणा राख्नु भयो ।
संघले आगलागी, चोरी जस्ता घटना भएका व्यवसायिक प्रतिष्ठानलाई राहत प्रदान गर्ने उद्देश्यले राहात कोष स्थापना गरेको छ । गत चैत्र ११ गते राति मैनावगरस्थित पोखरेलको मोटर पार्टस पसल यशोदा सप्लार्यसमा आगलागी हुदा करिव १ करोडको क्षति भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित