३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

सिद्धबाबा सुरुङमार्गको काम २ वर्षमा कति भयाे ?

‘मृत्यु’ मार्गका नामले परिचित बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको काम २ बर्षमा जम्मा ११ प्रतिशत मात्र काम भएको छ ।

०७८ फागुनमा चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङले पाँच बर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेपनि २ बर्षमा जम्मा ११ प्रतिशत काम सम्पन्न भएको हो ।

गत माघ देखि भने कामले धेरै नै गतिले लिएको छ ।

त्यस अघि रुखहरु काट्न अनुमती पाउँदा ढिलाई भएको थियो भने सुरुङ खन्न तयार अवस्थामा रहेको बेला बर्षामा दुवै तर्फका रिव पहिरोले परेपछि कामले गति लिन सकेको थिएन ।

माथिल्लो सिद्धबाबा मन्दिर अगाडिको पहरो हुँदै विद्युतको हेडबक्ससम्म एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माण यति गतिमा काम भए ४ बर्षमा पूरा हुने आयोजनाको दावी छ । आयोजनाकी ईन्जिनियर सविता ज्ञवालीले मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४८ मिटर सुरुङ खन्ने काम भइसकेको बताईन ।

दक्षिण र उत्तरतर्फका दुबै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सन लगायतका काम एकसाथ अघि बढाएका कारण भौतिक प्रगति थोरै देखिएको उनको भनाइ छ।

हालसम्म १५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित