रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

चारपाला सामुदायिक वन उपभोक्ता समूह द्वारा विद्यालयलाई डेक्स बेन्च प्रदान

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ विद्यालयको शैक्षिक सुधारमा जुटेको छ ।

वनले मंगलबार शुद्धोधन गाउंपालिका वडानम्बर–६ गुरौलीस्थित गुरौलिया माध्यामिक विद्यालयललाई डेक्स बेन्च हस्तान्तरण गरेको छ। वनका अध्यक्ष जगतनाथ शर्माले वनले शैक्षिक सुधारको लागि विद्यालयहरुलाई डेक्स बेन्च हस्तान्तरण गर्दै आएको बताए ।

मंगलबार गुरौलियमा माविलाई ३७ सेट डेक्कबेन्च उपलब्ध गराइएको उनको भनाइ छ । कार्यक्रममा वडा अध्यक्ष उपेन्द्र साहनीले  आगामी दिनमा पनि वनको विद्यालयललाई सहयोगआवश्यक रहेको बताए । वनका पूर्व अध्यक्ष ओमप्रकाश ठाकुरले वनलेसंरक्षणबाट बचेको रकमबाट विधालय र सामुदायिक विकास गर्दै आएको बताए । अर्कापूर्व अध्यक्ष दुर्गा सुबेदीले साधन र वनको स्रोतले भ्यायसम्म सामाजिक कार्य गर्दैजानुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक कृृष्णप्रसाद ज्ञवालीले विद्यालय आगामीदिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए । यसैगरी वनले शुद्धोधनकै राधाकृष्ण बालआधारभूत विद्यालयलाई १२ थान बालमैत्री टेबल हस्तान्तरण गरेको छ । वनका उपाअध्यक्षरामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठकको सञ्चालनमा कार्यक्रम भएको थियो । वन विभिन्न टोल विकास संस्था, धार्मिक संस्था, जेष्ठ नागरिक मिलन केन्द्र, संस्कृतिविद्यापिठ, विरामीहरुलाई उपचारमा सहयोग गर्दै आएको छ । उपभोक्ताको हिसावलेचारपाला देशकै ठूलो सामुदायिक वन हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित