‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अन्नपूर्ण सहकारीद्धारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । बुटवल–७ दीपनगरस्थित अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार बुटवलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले शिविर आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै सहकारी संघ, रुपन्देहीका अध्यक्ष भीमप्रसाद तुलाचनले बुटवलमा सहकारी अब्बल रहेको बताए । उनले सहकारी आर्थिक कारोबारमा मात्र केन्द्रित नभई सामाजिक काम पनि गर्दै जानुपर्ने बताए ।

शिविरमा सुगर, प्रेसर, आँखा र रगतको जाँच गरी औषधि वितरण गरिएको सहकारीका अध्यक्ष बालकृष्ण बस्यालले जानकारी दिए ।

सहकारीका ६०० जना शेयर सदस्य र स्थानीयहरुले शिविरबाट फाइदा लिएको अध्यक्ष बस्यालको भनाइ छ । शिविरमा डा.अखिलेस यादव र ल्याव क्षेत्रबाट रमेश पाण्डेको टीमले चेकजाँच र उपचार गरेका थिए ।

सहकारीले हरेक महिना सामाजिक कार्य गर्दै आएको सहकारीका सचिव खिमराज ज्ञवालीले बताए ।

सहकारीका सदस्य यामलाल मरासिनीले सहकारी मजबुद र बलियो रहेको बताउँदै अब्बल रुपमा अघि बढेको बताए । सहकारीले लगतै ६० वर्ष माथिका जेष्ठ सदस्यलाई तिर्थाटन र विभिन्न प्रजातीका विरुवा वितरण गर्ने योजना पनि बनाएको छ । सहकारी दिवसमा हरेक वर्ष शिविर गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित