बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित                
समाचार :

मेटल फेव्रीकेशन एसोसिएसनको अध्यक्षमा सन्त बहादुर कवंर

बुटवल । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण रहेका थिए । प्रमुख अतिथि खाणले रुपन्देही मेटल फेब्रीकेशन एसोसियसनले रुपन्देही कार्यक्षेत्र बनाएर पनि तिलोत्तमामै कार्यालय स्थापना एवम संस्था दर्ता गरेको प्रती खुशी व्यक्त गरे । उनले एसोसियसनलाई नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउँदै व्यवसायिक हत हितका निम्ति संस्थाले चालेको कदम उत्कृष्ट रहेको बताए।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु विभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु प्रहरी प्रशासन पत्रकार , कानुनी सल्लाहकार एवम व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य शंकर केसीले राखेका थिए । त्यस्तै संस्थाको बारेमा ठाकुर पन्थीले जानकारी गराएका थिए भने सञ्चालन सचीव विश्वनाथ पाण्डेले गरेका थिए।

संस्थाको अधिबेशनबाट अध्यक्षमा सन्त बहादुर कंवर उपाध्यक्षमा मेघ बहादुर घिमिरे कोषाध्यक्षमा किसन बहादुर केसी सचिबमा विश्वनाथ पाण्डे सहसचिबमा अमृता गौतम सदस्यहरुमा जगदिश चौधरी थारु कृष्ण प्रसाद ढकाल , सुरेश केसी , राधा पौडेल त्यस्तै लेखा समिती संयोजकमा यादव पाण्डे ९क्षितिज० सदस्यहरुमा लक्ष्मण तिमिल्सिना र सुवास भट्टराई निर्वाचित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित