‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रुपन्देहीमा ट्याक्सी भाडा निर्धारण, प्रतिकिलोमिटर ४५ रुपैयाँ

रुपन्देहीमा सञ्चालन हुने ट्याक्सीको भाडादर प्रतिकिलोमिटर ४५ रुपैयाँ कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा सञ्चालित टयाक्सीको भाडादर कायम गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बसेको बैठकले सडक सवारी, यातायात तथा परिवाहन ऐन, २०६४ को उपदफा ९० बमोजिम भाडा निर्धारण गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

रुपन्देही जिल्लाभित्र सञ्चालन हुने पञ्जीकृत भएका सम्पूर्ण ट्याक्सी सञ्चालन गर्दा प्रतिकिमि ४५ रुपैयाँ लिने र प्रयोग गरेबापत न्यूनतम एक सय ५० रुपैयाँ रहनेछ ।

त्यसैगरी, पाँच किमिसम्म तीन सय रुपैयाँ, सिटी एरियामा पाँचदेखि १० किमिसम्म पाँच सय रुपैयाँ र त्योभन्दा माथि प्रतिकिलोमिटर ४५ रुपैयाँका दरले भाडादर बढाउने निर्णय गरेको प्रजिअ अर्यालले बताए ।

यसैगरी, रातिको समय अर्थात् १० बजेदेखि बिहान चार बजेसम्म प्रयोग गरेबापत आउने रकममा त्यसको ५० प्रतिशत थप गरेर लिन पाउने यातायात व्यवस्था कार्यालय रुपन्देहीका मेकानिकल इन्जिनियर नवीन घिमिरेले बताए ।

पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतसम्म थपघट भएमा अहिलेकै मूल्य कायम रहने र त्यसभन्दा बढी–घटी भएमा पुनः मूल्य कायम गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले ट्याक्सीमा अनिवार्य मिटर जडान गर्न तीन महिनाको समय दिने र साउन १ गतेदेखि मिटर जडान अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ट्याक्सी व्यवसायीलाई संयमित रहेर सेवा प्रवाह गर्न आग्रह गरे ।

बैठकमा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाई, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख गणेश अर्याल, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सदस्य चिरञ्जीवी राना, प्रमुख सडक पूर्वाधार विकास रुपन्देही कार्यालयका लालु गिरी, प्रमुख उपरीक्षक जिल्ला प्रहरी कार्यालय रुपन्देहीका रञ्जितसिंह राठोर, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बजिरसिंह विष्टलगायतले ट्याक्सी सेवा सञ्चालनका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित