‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल

रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ।

 

 

पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय सागर नेपाली भन्ने देवलाल सार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनले मंगलबार दिउँसो १२ बजे हत्या गरेको खुलेको छ।

पद्‍मा घरभन्दा केही टाढा रहेको धारामा नुहाउन गएकी थिइन्। देवलाल सोही धारामा पुगेका थिए। उनीहरू बीच सामान्य विवाद भएको थियो। के बारेमा विवाद भएको भन्नेबारे खुलिसकेको छैन।

विवादपछि डोकोमा धोएका कपडा बोकेर घर फर्किँदै गरेकी पद्‍मालाई पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको श्रेष्ठले बताए। घरभन्दा केही पर खुलखुले गैरामा उनले आक्रमण गरेका थिए।

देवलालको घर धारो नजिकै पर्छ। यहाँ देवलालको एक्लो घर छ। शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो। आज थप प्रमाण भेटिएको छ। उनको घरबाट रगत लतपतिएको कपडा र खुर्पा फेला परेको छ। गोठबाट मृतकको मोबाइल फेला परेको बुझिएको छ।

मृतक पद्‍माका बुवा दलबहादुर सुनारले किटानी जाहेरी दिएका छन्। शुक्रबार मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रनाउ श्रेष्ठले बताए।

मंगलबार बिहान ९ बजे नुहाउन गएकी उनी दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको उनले बताए।

उनको हातका औंला छिनिएको छ। हातका पाखुरा, घाँटीमा काटिएको अवस्था छ। शव पोष्टमार्टमका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए।

दोषीलाई हदैसम्मको कारबाही गर्न सरोकारवालाले माग गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित