निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो।

७७ जना यात्रुसहित बिहीबार बिहान ७ बजेर १२ मिनेटमा धनगढी विमानस्थलबाट जहाज उडेको थियो।

श्री एयरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीका अनुसार काठमाडौंको आकाश खुलेको सूचनापछि धनगढीबाट जहाज उडेको थियो। तर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सकेन। मौसम बिग्रिएपछि जहाजलाई आकासमै होल्ड गरिएको थियो।

केही समयपछि जहाजलाई भैरहवा विमानस्थलमा अवतरण गरिएको उनले बताए। मौसम सफा भएका बेला धनगढीबाट त्रिभुवन विमानस्थलमा जहाज करिब ५५ मिनेटमै आइपुग्छ।

जहाज बिहान ९ बजेर ३४ मिनेटमा भैरहवास्थित विमानस्थलमा अवतरण गरेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित