रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षिया वृद्धको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा– ६ घर भइ सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेली मंगलबार राति आफ्नो कोठामा गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन । उपचारको क्रममा भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भटटले अनुसन्धानका क्रममा सोही वडामा २९ वर्षका प्रभुनाथ थारुले रिसइबी साधेर कुटपिट गरी हत्या गरेको खुल्नमा आएको बताए ।
पक्राउ परेका थारुको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको उनले बताए । वृद्धाले होच्याएर बोलाउने गरेको रिसइबीमा थारुले वृद्धको हत्या गरेको अनुसन्धानबाट खुलेको भटटले बताए । प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित