‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बढेको छ ।
प्रा.लिको यही चैत १६ गतेदेखि चौथो साधारण सभा तथा दोस्रो अधिवेशन हुँदैछ ।
आगामी तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन हुने भएपछि यतिबेला दुई फरक–फरक प्यानल बनाएर व्यवसायीहरु चुनावी मैदानमा उत्रेका छन् ।
प्रा.लिका हालका अध्यक्ष दधिराम खरेल र पदम गाहाले छुट्टाछुट्टै प्यानल बनाएर यतिबेला प्रचार–प्रसार गरेका छन् । यी दुवै समुहले पत्रकार सम्मेलन गरेर उम्मेदवारी सार्वजनिक समेत गरेका थिए ।
संयुक्त प्यानल बनाएका खरेलले ११ जना सञ्चालक समितिको टिम तयार पारेर चुनावी प्रचारमा लागेका छन् ।
प्यानलबाट सदस्यहरूमा जीवनकुमार बञ्जाडे, मोहन पीएस, रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपालबहादुर पौडेल, चेतनारायण बेल्बासे, रामचन्द्र भुसाल र सुरेन्द्र श्रेष्ठ रहेका छन् ।
अध्यक्षका उम्मेदवार दधिराम खरेलले प्रालिलाई अझ सक्षम र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । समितिबाट कम्पनीमा जांदा धेरै ठुलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समाधान गरेर कम्पनीलाई सक्षम बनाएको भन्दै उनले दुर्घटना न्यूनिकरण, सवारी साधनको विमा पोलिसीलाई अझै चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने प्रतिबद्धता जनाए ।
उनले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायिको पक्षमा काम गर्न समितिकै सदस्यहरुले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताए ।
कम्पनी सफल हुनुमा नेतृत्वकर्ताको मात्र भूमिका नहुने उल्लेख गर्दै खरेलले गतीमा काम गर्ने सक्षम नेतृत्व टिम आफु संग रहेको उनको भनाई छ ।
व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरुबाट कम्पनीले उल्लेख्य सफलता हात पार्न नसक्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरुको मात्र टिम रहेको उनले बताए । संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायीको पक्षमा काम गर्ने बताए ।
यस्तै गाहा समूहबाट कृष्णप्रसाद पाण्डे, रमेशप्रसाद अधिकारी, महेशकुमार कोइराला, मोतिकुमार उपाध्याय, कुश्माखर रेग्मी, प्रेम गौचन, मन्जुकुमारी गाहा, ऋषिराम पाठक, नारायण अधिकारी र राजेश लामा रहेका छन ।
व्यवसायीको चाहना अनुसार आफू नेतृत्वमा आउने गरी अघि बढेको गाहाले बताए ।
गाहा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत हुन । प्रालिमा दुई हजार २ गाडी आबद्ध रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित