बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बढेको छ ।
प्रा.लिको यही चैत १६ गतेदेखि चौथो साधारण सभा तथा दोस्रो अधिवेशन हुँदैछ ।
आगामी तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन हुने भएपछि यतिबेला दुई फरक–फरक प्यानल बनाएर व्यवसायीहरु चुनावी मैदानमा उत्रेका छन् ।
प्रा.लिका हालका अध्यक्ष दधिराम खरेल र पदम गाहाले छुट्टाछुट्टै प्यानल बनाएर यतिबेला प्रचार–प्रसार गरेका छन् । यी दुवै समुहले पत्रकार सम्मेलन गरेर उम्मेदवारी सार्वजनिक समेत गरेका थिए ।
संयुक्त प्यानल बनाएका खरेलले ११ जना सञ्चालक समितिको टिम तयार पारेर चुनावी प्रचारमा लागेका छन् ।
प्यानलबाट सदस्यहरूमा जीवनकुमार बञ्जाडे, मोहन पीएस, रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपालबहादुर पौडेल, चेतनारायण बेल्बासे, रामचन्द्र भुसाल र सुरेन्द्र श्रेष्ठ रहेका छन् ।
अध्यक्षका उम्मेदवार दधिराम खरेलले प्रालिलाई अझ सक्षम र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । समितिबाट कम्पनीमा जांदा धेरै ठुलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समाधान गरेर कम्पनीलाई सक्षम बनाएको भन्दै उनले दुर्घटना न्यूनिकरण, सवारी साधनको विमा पोलिसीलाई अझै चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने प्रतिबद्धता जनाए ।
उनले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायिको पक्षमा काम गर्न समितिकै सदस्यहरुले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताए ।
कम्पनी सफल हुनुमा नेतृत्वकर्ताको मात्र भूमिका नहुने उल्लेख गर्दै खरेलले गतीमा काम गर्ने सक्षम नेतृत्व टिम आफु संग रहेको उनको भनाई छ ।
व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरुबाट कम्पनीले उल्लेख्य सफलता हात पार्न नसक्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरुको मात्र टिम रहेको उनले बताए । संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायीको पक्षमा काम गर्ने बताए ।
यस्तै गाहा समूहबाट कृष्णप्रसाद पाण्डे, रमेशप्रसाद अधिकारी, महेशकुमार कोइराला, मोतिकुमार उपाध्याय, कुश्माखर रेग्मी, प्रेम गौचन, मन्जुकुमारी गाहा, ऋषिराम पाठक, नारायण अधिकारी र राजेश लामा रहेका छन ।
व्यवसायीको चाहना अनुसार आफू नेतृत्वमा आउने गरी अघि बढेको गाहाले बताए ।
गाहा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत हुन । प्रालिमा दुई हजार २ गाडी आबद्ध रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित