कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सुन्तलाको बगैचा व्यवस्थापनमा पाल्पाका कृषकहरु

बुटवल । पाल्पाका कृषकहरु बोटका सुन्तला टिपेर आगामी बर्षमा उत्पादन बढाउन लागी परेका छन ।

उत्पादन बढाउन सुन्तलाका बोट तथा बगैंचाहरुको काटछाट, गोडमेल हेरचाह तथा मल खाद व्यवस्थापन पाल्पाका कृषकहरु जुटेका हुन ।

पाल्पाका कृषकहरुले सुन्तला बगैचाका हरेक बोटहरुको समयमा हेरचाह गर्ने, गोडमेल गर्ने, मल खाद पानीको राम्रो व्यबस्था गरी, बोट विरुवाहरुको कटानी छटानी बगैचा चिटिक्क पारेका छन । नियमित रुपमा सुन्तलाको रेखदेख गरेमा उत्पादन राम्रो दिने र सुन्तलाको बोटले पनि लामो समय टिकाउ हुने र उत्पादन बढी दिने भएकोले पाल्पाका कृषकहरु समयमा काममा खटिएका हुन ।

सुन्तला कृषकहरु बगैचा गोडमेल गर्ने, बोटहरुमा लेपन गर्ने काम भएको रैनादेवी छहरा गाउंपालिका वडा नंं ४ का कृषक टिकाराम पोखरेलले बताए ।
कम मिहिनेतमा पनि राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय पाल्पाका अधिकांश कृषक सुन्तला खेतीप्रति आकर्षित भएका छन् । पाल्पामा एक हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुंदै आएको छ ।

सुन्तला टिपि सकेपछी सुन्तला हागँंहरु काट छाट गर्ने विषादी लगाउने, चुन र निलोतुथो छर्किने काममा किसानहरु व्यबस्त रहेको रैनादेवी छहरा अमलावासका कृषक दुर्गा कंडेलले बताए ।

आगामी बर्ष सुन्तलाको उत्पादन बढाउने लक्ष्यका साथ कृषक बगैंचा व्यवस्थापनमा जुटिरहेको अवस्थामा पाल्पाका स्थानीय सरकारले पनि सुन्तलता खेतीमा सहयोग बढाएका छन ।

कृषकहरु लाई आवश्यकता अनुार सुन्तलाको बिरुवा अनुदानमा उपलब्ध गराउने, आवश्यक स्थानमा सिंचाईको व्यबस्था संगै यान्त्रिकरण, कृषि औजार जस्ता उपकरणमा सहयोग प्रदान गर्ने, सुन्तला बजारीकरणको लागी त्रेट प्रदान गर्ने, सुन्तलाको लागी आवश्यक पर्ने निलो तुथो तथा कृषि चुन उपलब्ध गराउने जस्ता कामहरुमा पालिकाले सहयोग गर्दै आएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भटराईले बताए ।

पाल्पाको रैनादेवी छहरा रिब्दीकोट, तानसेन नगरपालिका, बगनासकाली, पूर्वखोला गाउंपालिकाका व्यवसायिक सुन्तला खेती हुंदै आएको छ ।

सुन्तलाको उत्पादन बढाउने गरी प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत तानसेन नगरपालिका, बगनासकाली गाउंपालिका, रिब्दीकोट गाउंपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन भएको छ ।
पाल्पामा बर्सेनी सुन्तला उत्पादन बृद्धि हुंदै गएको छ । पाल्पामा यस बर्ष ४६ करोड रुपैयाको सुन्तला विक्रि भएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित