‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलको तिनकुनेमा सागर थापा माथि छुरा प्रहार

बुटवल । बुटवलको तिनकुनेमा चक्कु प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् । स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर ३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना लगत्तै थापालाई उद्दार गरि लुम्बिनी प्रादेशीक अस्पताल पुर्‍याइएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।

पक्राउ परेका दुईजनामाथि अनुसनधान सुरु गरिएको र घटनाको कारण बारे उनीहरुको बयानपछि मात्र थाहा हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित