३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

२०६२ पुस २५ गते हत्या: १८ वर्ष पछि पक्राउ

विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ (हाल तिलोत्तमा नगरपालिका १७) दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट पक्राउ परेका रुपन्देही प्रहरीले जनाएको छ ।

स्थानीय जंगबहादुर यादवको २०६२ पुस २५ गते भएको हत्यामा संलग्न रहेको उनीमाथि आरोप छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले मल्लाहलाई भारतको सुनौली नाकाबाट नेपाल आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नपा १ बेलहियाबाट पक्राउ गरेको हो । रामपृतलाई अनुसन्धानका लागि रुपन्देही अदालतबाट १० दिनको म्याद थप भइसकेको उनले बताए ।

एसपी राठौरका अनुसार, यादवको हत्यापछि पीडित पक्षले मल्लाहविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि अभियुक्त फरार भएका थिए । उनीमाथि अदालतद्वारा पक्राउ पुर्जीसमेत जारी भएको थियो । मल्लाहमाथि इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुशन्धान भइरहेको छ ।

२०६२ पुस २५ गते राति २ बजेतिर आफ्नै घरमा सुतिरहेका जंगबहादुरको गोली प्रहार गरी हत्या भएको थियो । गाउँकै सार्वजनिक जग्गामा मल्लाहले घरटहरा बनाएको र त्यस ठाउँमा मन्दिर बनाउने विषयमा विवाद भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित