‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

२०६२ पुस २५ गते हत्या: १८ वर्ष पछि पक्राउ

विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ (हाल तिलोत्तमा नगरपालिका १७) दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट पक्राउ परेका रुपन्देही प्रहरीले जनाएको छ ।

स्थानीय जंगबहादुर यादवको २०६२ पुस २५ गते भएको हत्यामा संलग्न रहेको उनीमाथि आरोप छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले मल्लाहलाई भारतको सुनौली नाकाबाट नेपाल आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नपा १ बेलहियाबाट पक्राउ गरेको हो । रामपृतलाई अनुसन्धानका लागि रुपन्देही अदालतबाट १० दिनको म्याद थप भइसकेको उनले बताए ।

एसपी राठौरका अनुसार, यादवको हत्यापछि पीडित पक्षले मल्लाहविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि अभियुक्त फरार भएका थिए । उनीमाथि अदालतद्वारा पक्राउ पुर्जीसमेत जारी भएको थियो । मल्लाहमाथि इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुशन्धान भइरहेको छ ।

२०६२ पुस २५ गते राति २ बजेतिर आफ्नै घरमा सुतिरहेका जंगबहादुरको गोली प्रहार गरी हत्या भएको थियो । गाउँकै सार्वजनिक जग्गामा मल्लाहले घरटहरा बनाएको र त्यस ठाउँमा मन्दिर बनाउने विषयमा विवाद भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित