गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

आज हिमाली र पहाडी जिल्लामा होली पर्व, आपसमा रङ दलेर मनाइँदै

नेपालका पहाडी र हिमाली जिल्लामा आज होली पर्व मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाइन्छ।

तराई मधेशका जिल्लामा भने भोलि (सोमबार) होली पर्व मनाइनेछ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

केही वर्ष अघिसम्म काठमाडौं उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ। होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरेका छन्।

प्रहरीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मजबुत बनाएको बताउँदै उनले जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए।

सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।

होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन प्रशासनले अनुरोध गरे।

कसैले जबर्जस्ती गरे नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

होली पर्वको अवसरमा सरकारले आज नेपालका हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित