बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित                
समाचार :

तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स शुभारम्भ

बुटवल । रुपन्देहीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ गरिएको छ । रुपन्देहीको तिलोतमा २ जानकीनगरमा एक समाराृेहका बिचमा माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रदेश सांसद गिरीले आर्थिक समृद्धीका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गरे ।

उनले कृषि क्षेत्रलाइ अगाडी बढाउन सकेमा सहजै समृद्धीको सपना पूरा हुने दाबी गरे । गिरीले मुलुक बनाउन राजनीतिक दलको सहि भुमिका नभएको स्वीकार्दै मुलुकमा स्थिरता जरूरी रहेको उल्लेख गरे । युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनँले नेपालीहरुलाई बीमाको मुलधारमा ल्याउन जरुरी रहेको भन्दै लगानी सुरक्षितका लागि पनि बीमा अनिर्बाय रहेको बताए ।

नेपाल बिमा प्राधिकरण संचालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बीमा भएको भन्दै अब फास्ट मुभरका रूपमा काम गर्न आग्रह गरे । उनले धेरै अगाडीको बाटोमा आउने चुनौतीको सामना गर्दै अघि बढेर सफल बन्न आग्रह गरे ।

नेपाल बिमा प्राधिकरण सहनिर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधै साथमै रहने बताउनुभयो प्राधिकरणका लुम्बिनी प्रमुख पुर्णबहादुर थापाले जनतालाइ सरल सेवा सहज र दाबि भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिए ।

संस्थाका अध्यक्ष जगत पोखरेलले चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने बताए । अध्यक्ष पोखरेलले बीमा कम्पनीलाइ मुलुकै एक नम्बर बनाउने गरि काम हुने दाबी गरे । उनले स्थानीय सरकार र प्रदेश हुँदै संघीय सरकारसँग समन्वय गरेर रूपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताए । आफुहरुले आँटका साथ गरेको कामलाइ सकारात्मक रुपमा सहयोग र प्रमोसन गरिदिन समेत आग्रह गरे ।

‘हामी लुम्बिनी प्रदेशको रुपन्देही बुटवललाई आर्थिक राजधानी बनाउन चाहन्छौँ,कुरा गरेर मात्रै आर्थिक राजधानी हुँदैन त्यसैले हामीले काम गर्न आएका हौँ,हामी स्थानीय नै भएका कारण थप सहज हुने बिश्वास लिएका छौँ ।’ उनले भने । मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा ल्याइएको पोखरेलको भनाइ छ ।

कार्यक्रममा परीक्षा नियन्त्रक तथा शिक्षाबिद् दिपेन्द्र ढकाल,साइन डेभलपमेन्ट बंैकका अध्यक्ष थानेश्वर पौडेल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,मनोज भट्टराइ लगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिए । शुभारम्भकै दिनामा २ जनाले बिमालेख खरिद गरेका थिए । निश्चल न्यौपानेको नाममा बाबु नारायण न्यौपानेले कारको बिमा, ईश्वर भण्डारीले घरको बीमा गरेका हुन ।

यस कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति सस्थामा आबद्ध ७१ जना यसका शेयर सदस्य छन् । लघु बीमाले बढिमा ५० लाख सम्मको मात्रै बीमा गर्न पाउछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित