कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

खराब मौसमका कारण गुल्मीमै रोकियो जहाज

खराब मौसमका कारण नेपाल एयरलाइन्सको ट्विनअटर जहाज गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ ।

बुधबार रेसुङ्‍गाबाट काठमाडौंका लागि उडेको जहाज प्रतिकूल मौसमका कारण रेसुङ्‍गामै फर्काएर अवतरण गरेको हो ।

बुधबार बिहान काठमाडौं–रेसुङ्‍गा सफल उडान भरेको उक्त जहाज रेसुङ्‍गा–काठमाडौं उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्‍गामै रोकिएको नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनजंग थापाले जानकारी दिए ।

बुधबार मौसम खराबीले रोकिएको उक्त जहाज पुनः रेसुङ्‍गाबाट उडान भर्नुपूर्व जहाजको चेकजाँच गर्नु पर्ने हुन्छ । तर, गुल्मीमा जहाज चेकजाँच गर्ने इन्जिनियर नहुँदा काठमाडौंबाट बोलाइएको उनले बताए । इन्जिनियरले अनुमति दिएपछि जहाज उड्ने उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित