गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने

गुल्मी । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो ।

उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन् ।

सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ ।

सडकको ७.७५ चौडाइ कालोपत्रे गरिंदैछ । अहिले भएको सडक निकै साँघुरो र कालोपत्रे पनि भत्किंदै गएको थियो । सडकखण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।

२०८२ साल फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने गरी २०७९ साल फागुन २८ गते सम्झौता भएको हो । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँ लागतमा सडक स्तरउन्नतिका साथै कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको हो ।

सडकको २५ प्रतिशत भौतिक प्रगति र ११.५३ वित्तीय प्रगति भएको छ ।

तम्घास-रिडी सडक गुल्मी जिल्ला सदरमुकाम आउने मुख्य सडक हो । यही सडक भएर गुल्मी जिल्लाबाट अन्य जिल्लामा जाने सवारीसाधन छुट्ने गर्दछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित