रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सुनवलमा बिमा साक्षरता कार्यक्रम सम्पन्न

जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा सचेतना तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पश्चिम नवलपरासीको सुनवल शाखाले सोमबार सुनवल नगरपालिका–१० हसनापुरमा स्थानीयहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा जीवन बिमाको उद्देश्य, महत्व र यसका फाइदाबारे सहजीकरण गरीएको थियो । कम्पनीकी एमडिआरटी बिना गौतमले जीवन बिमाको महत्व र जीवन बिमाले मानविय जीवनमा प्रदान गर्ने फाइदाहरुको बारेमा जानकारी गराइन् । त्यसैगरी उनले कम्पनीद्वारा हाल सञ्चालन हुँदै आएका विभिन्न बिमा योजनाबारे पनि सहभागीलाई जानकारी गराइन् ।

कम्पनीले आफ्ना बिमितलाई स्वास्थ्य सुविधाअन्तर्गत ३५ प्रकारका घातक रोगविरुद्धको बिमाङ्क रकम प्रदान गर्दै आएको गौतमले बताइन् । जीवन बिमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पुँजी निर्माण गरी भविस्यमा लाभ लिन सकिने उनले बताइन् ।

कार्यक्रममा सुनवल नगरपालिका–१० का वडाध्यक्ष दिलबहादुर थापाले समाजमा हुने गरेको फजुल खर्चलाई न्यूनीकरण गरी बिमामा बचत गराई जीवनमा आई पर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सकिने बताए ।

सम्पूर्ण जनमानसमा जीवन बिमासँग सम्बन्धित विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । अखाद्य वस्तुको बढ्दो प्रयोग, विभिन्न केमिकल र रङ मिसाएको खानेकुरा, जंग फुडको सेवनले गम्भिर स्वास्थ्य समस्या निम्ताइरहेको वडाध्यक्ष थापाको भनाइ थियो । वडाले नागरीकको स्वास्थ्यलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए ।

त्यस्तै सुनवल शाखा प्रमुख विन्दु भण्डारीले मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँदा विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्ने बताइन् ।

जीवन बीमाको पहुँचलाई सामान्य नागरीकसम्म पु¥याउने उद्देश्यका साथ जीवन बीमासँग सम्बन्धित विषयमा सचेतना तथा साक्षरता कार्यक्रम सञ्चालन गरीएको उनले बताइन् । साथै सूर्यज्योति लाइफ इन्स्योरेन्सको जुनसुकै बिमा योजनाहरु ढुक्क भएर बिमालेख खरिद गर्नसमेत आग्रह गरिन् ।

कार्यक्रममा पूर्ववडा सदस्य धनेश्वर कवर, स्थानीय समाजसेवी थानेश्वर पाण्डेलगायतले बोल्दै आर्थिक अबस्था सामान्य भएका नागरिकलाई जीवन बिमा सहयोगी बन्ने बताए । सोही अवसरमा बिमा गरेको ५ महिनामै मस्तिष्कघात भएर उपचार गराइरहेका तिलबहादुर पुनलाई बिमा बापतको ८ लाख रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा बाल सञ्जाल संयोजक सुनिता पाण्डे, पूर्वअमिन कारी यादव, आमा समूहसँगै स्थानियको सहभागिता रहेको सुनवल शाखाका अपरेसन इन्चार्ज इन्द्र घर्तीमगरले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित