रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बुटवल उपमहानगरपालिका परिसर भित्र रिवाज चमेना गृह सञ्चालनमा

बुटवल । बुटवल उपमहानगरपालिका परिसर भित्र चमेना गृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले आव्हान गरेको बोलपत्र अनुसार रिवाज चमेना गृह सञ्चालनमा आएको हो ।

चमेना गृहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले प्रतिस्पर्धा बाट चमेना गृह सञ्चालनमा आएको भन्दै चमेना गृहले दिन सेवा र सुविधामा कुनै पनि कमी हुन नहुने बताए । उनले आम उपभोत्ताको स्वास्थ्यलाई मध्यनजर राखेर खाना र खाजामा गुणस्तर कायम गर्न सुझाव दिए ।

यस अघि नै उपमहानगरपालिका परिसर भित्र व्यवसायी रामहरी पोखरेलले चमेना गृह सञ्चालन गर्दै आएको थिए । बोलपत्र आव्हान पछि पनि उनै पोखरेलले चमेना गृह सञ्चालन गरेका हुन । उपमहानगरपालिकाले गरेको गोप्य बोलपत्र अनुसार रामहरी पोखरेलले प्रति महिना ४३ हजार ९०० रुपैयाँमा टेण्डर प्राप्त गरेका हुन । चमेना गृहको सम्झौता ५ बर्षको छ ।

चमेना गृह सञ्चालक रामहरी पोखरेलले ग्राहकहरुलाई सस्तो मुल्यमा गुणस्तरिय र स्तरिय खाजा खाना खुवाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपाली कल्चरको खाना आफुहरुले उपमहानगरपालिकाले दिएकै दररेटमा ग्राहकहरुलाई दिने बताए ।

सञ्चालक रश्मी पोखरेलले आम ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरिय खाजा खान प्रदान गर्नु आफुहरुको पहिलो काम भएको बताईन ।

उपमहानगरपालिकाले दिएको दररेट अनुसार रिवाज चमेना गृहमा निम्न खाजा खान पाईन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित