लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल उपमहानगरपालिका परिसर भित्र रिवाज चमेना गृह सञ्चालनमा

बुटवल । बुटवल उपमहानगरपालिका परिसर भित्र चमेना गृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले आव्हान गरेको बोलपत्र अनुसार रिवाज चमेना गृह सञ्चालनमा आएको हो ।

चमेना गृहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले प्रतिस्पर्धा बाट चमेना गृह सञ्चालनमा आएको भन्दै चमेना गृहले दिन सेवा र सुविधामा कुनै पनि कमी हुन नहुने बताए । उनले आम उपभोत्ताको स्वास्थ्यलाई मध्यनजर राखेर खाना र खाजामा गुणस्तर कायम गर्न सुझाव दिए ।

यस अघि नै उपमहानगरपालिका परिसर भित्र व्यवसायी रामहरी पोखरेलले चमेना गृह सञ्चालन गर्दै आएको थिए । बोलपत्र आव्हान पछि पनि उनै पोखरेलले चमेना गृह सञ्चालन गरेका हुन । उपमहानगरपालिकाले गरेको गोप्य बोलपत्र अनुसार रामहरी पोखरेलले प्रति महिना ४३ हजार ९०० रुपैयाँमा टेण्डर प्राप्त गरेका हुन । चमेना गृहको सम्झौता ५ बर्षको छ ।

चमेना गृह सञ्चालक रामहरी पोखरेलले ग्राहकहरुलाई सस्तो मुल्यमा गुणस्तरिय र स्तरिय खाजा खाना खुवाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपाली कल्चरको खाना आफुहरुले उपमहानगरपालिकाले दिएकै दररेटमा ग्राहकहरुलाई दिने बताए ।

सञ्चालक रश्मी पोखरेलले आम ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरिय खाजा खान प्रदान गर्नु आफुहरुको पहिलो काम भएको बताईन ।

उपमहानगरपालिकाले दिएको दररेट अनुसार रिवाज चमेना गृहमा निम्न खाजा खान पाईन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित