
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालगायत प्रहरीको निगरानीमा छन् । सुन तस्करी सम्बन्धमा गठित छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेका महरा प्रहरीको उच्च निगरानीमा परेका हुन् ।
प्रहरी स्रोतका अनुसार महरा आज रूपन्देही पुगेका छन् । जिल्लामा महरा आएको थाहा पाएपछि रूपन्देही प्रहरीले निगरानी बढाएको हो । रूपन्देही प्रहरी प्रमुख एसपी रन्जित राठोरले महरालाई निगरानीमा राखेको बताए ।