निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्पेलिङ कन्टेस्ट तथा नृत्य प्रतियोगिता

बुटवल। सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२औं बार्षिक उत्सवको अवसरमा आज स्पेलिङ कन्टेस्ट सम्पन्न भएको छ । प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुर्य बिक,अनिशा पराजुली ,आसिश खडकाको समुह प्रथम भएको छ भने बिएड चौथो बर्षका भुबन पन्थी, कमल खत्री ,निशा थापाको समूह द्वितिय तथा बिबिएस तेस्रो बर्षका सिमान्त क्षेत्री ,मनिषा बेल्बासे, र शिक्षा रास्कोटिको समूह तृतिय भएको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो । प्रतियोगितामा १३ टीम सहभागि थिए ।

सो अबसरमा बोल्दै क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले क्याम्पसलाइ शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको बिकास गर्ने बताउनुभयो । क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको र सोमबार ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेको सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिनुभयो । आजै नृत्य प्रतियोगिता समेत भएको छ सहभागि २५ टीमबाट ११ टीम छनौटमा परेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित