प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

लुम्बिनीमा एकसाथ ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान तथा ध्यान कार्यक्रम हुँदै

बुद्ध जन्मस्थल लुम्बिनीमा विराट चक्रविज्ञान तथा ध्यान हुने भएको छ । जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र १७ गतेदेखि २३ गतेसम्म हुने विराट चक्र विज्ञान तथा ध्यान हुने भएको छ ।

आयोजकले तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गरी ध्यान कार्यक्रमको सम्पुर्ण तयारी तीब्र पारिएको जानाकारी दिएको छ ।
लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा एकसाथ ५ हजार जनाको उपस्थितीमा कार्यक्रम हुन लागेको जीव विज्ञान परिषद् लुम्बिनीका संयोजक केशव खनालले जानाकारी दिए ।

ध्यान कार्यक्रममा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थिती हुनेछ । ७ दिनसम्म विभिन्न ५ वटा उर्जा ध्यानसहितको प्रयोगात्मक कक्षा सञ्चालन हुने आयोजकको भनाई छ ।

संयोजक खनालका अनुसार विश्वमै पहिलो पटक यति ठूलो संख्यामा ध्यानको कार्यक्रम आयोजना पहिलो हो ।

कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता गरिने आयोजकको दावी छ । यस प्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियमा आयोजना हुँदा १४७१ जना उपस्थित भई ३ दिनसम्म मात्रै आयेजना भएको उल्लेख गर्दै उनले यो नै पहिलो र ठूलो कार्यक्रम हुने दाबी गरे ।

कार्यक्रममा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरुलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।
भगवान गौतम बुद्धको अप्प दिपो भव अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

व्यक्ति भित्र नैशर्गिाक रुपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यसले सहयोग गर्ने दाबी गरे ।

कार्यक्रमबाट विश्व सान्तीका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रुपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।

परिषदका सूचना तथा सञ्चार विभाग परिषद अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले आफ्नो क्षमताको बिकास गर्न चाहने उद्योगी, व्यवसायी, व्यापारी, निजी क्षेत्रका कर्मचारी, साष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी तथा राजनीतिक कर्मी लगायत समग्रह क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रण गरिएको बताए ।

कार्यक्रममा सहभागी हुनका लागि रेजिष्ट्रेशनको काम जारी रहेको बताउंदै उहांले व्यवस्थापन खर्च स्वरुप उनीहरुबाट प्रतिव्यक्ति १० हजार शुल्क उठाइएको जानकारी दिए । उक्त शुल्कबाट एक सातामा सम्म ज्ञानमा सहभागीहरुलाई भोजन तथा हलमा कार्पेटिङ, साउण्ड तथा डिजिटल डिसप्ले लगायतको व्यवस्थापनमा खर्च गरिने छ ।

परिषदका शिक्षा बिकास संयोजक हरी पोखरेलका अनुसार ज्ञानमा सहभागीहरुलाई दैनिक ३ छाक भोजनको व्यवस्था आयोजकले गर्ने भए पनि आवासका लागि सहभागी स्वयम्ले नै व्यवस्था गर्नुपर्ने छ ।

लुम्बिनीमा आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रको पर्यटन बिकास तथा आर्थिक बिकासमा समेत टेवा पुग्ने आयोजकले बताएको छ ।
विराट चक्रविज्ञानमा सहभागी हुने व्यक्तिको आवासका लागि लुम्बिनी, भैरहवा तथा बुटवलसम्मका होटल तथा गेष्टहाउसहरुमा व्यवस्था मिलाइने बताइएको छ । यसैगरी लुम्बिनीदेखि बुटवल तथा भैरहवासम्म आउनका लागि अयाजकले नै निशुल्क आयायातको व्यवस्था गर्ने परिषदकी नवलपरासी संयोजक इन्दिरा विश्वकर्माले जानकारी दिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित