‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तम्घास-सिमलटारी सडक कालोपत्रे भएको ४ वर्षसम्म पनि बनेनन् पुल

  • म्याद थपपछि घमिर र फूलबारीको काम तीव्र
  • मदन भण्डारी राजमार्गको तम्घास-सिमलटारी-पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडकमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती भएको छ ।

    सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलाका चार ठाउँमा पुन निर्माण सम्पन्न नुहँदा नागरिकले सास्ती खेप्नु परेको हो ।

    सडकखण्डको हुलाके, धनार्जी, पुलवारी र घमिरका खोलामा पुल नबन्दा सानाठुला सवारी साधान र पैदल यात्रुलाई समस्या हुने गरेको छ । वर्षाको समयमा सवारी साधन सञ्चालन नै हुँदैनन् ।

    अहिले हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलाका चार वटा पुलको निर्माणको काम भइरहेको छ । पुल निर्माणको कामले गति लिन नसकेपछि त्यसक्षेत्रमा जनप्रनिधिले वषर्ातको समय नजिकिनुपूर्व नै अनुगमन गरेका छन् ।

    वर्षातको समयमा नागरिकले पाएको दुखःले त्यसक्षेत्रका जनप्रनिधिले आलोचनाल खेप्नु परेको छ । त्यस क्षेत्रबाट निर्वाचित सांसद गोकर्ण बिष्ट, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मदन भण्डारी सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोखरेलसहितको टोलीले पुल निर्माणको पछिल्लो अवस्थाको अवलोकन गरेका छन् ।

    अवलोकनका क्रममा हुलाके खोला र धनार्जी खोलमा निर्माण हुन लागेका पुलको काम सुस्त गतिमा भइरहेको पाइएको छ ।

    त्यस्तै फुलबारी र घमिर खोलामा पुलको काम भने अन्तिम चरणमा पुगेको छ ।

    चारवटा पुलमध्ये फुलबारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माणको काम गरिरहेको छ ।

    हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालिले निर्माण कार्य गर्दै आएको छ ।

    धनार्जी र हुलाके खोलको पुल निर्माण सुस्त

    धनार्जी रोधी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागत रहेको छ ।

    धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । यो पुल २०८० साल माघ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ ।

    हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाइ ११ मिटर चौडाइको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिनाभित्र सम्पन्न गर्नुपर्ने हो ।

    तर, पछिल्लो चैत महिनाको पहिलो सातासम्म यी दुवै पुलको प्रगति ३० प्रतिशत मात्रै भएको छ । यी दुईवटा पुलको दुवै तर्फका पिल्लर मात्रै निर्माण भएका छन् ।

    यो पुल निर्माणको काम आउदो असारसम्म सक्ने योजना रहेको छ । तर, गर्नुपर्ने काम धेरै नै रहेको छ ।

    म्याद थपपछि घमिर र फूलबारीको काम तीव्र

    घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलबारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ ।

    यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिनाभित्र सम्पन्न गरिसक्नु सम्झौता रहेको थियो । तर, म्याद थप गरेर २०८० चैत्र ८ गतेसम्म रहेको थियो ।

    चैत महिनाको पहिलो सातासम्म यी पुलको प्रगति ६५ प्रतिशत मात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ ।

    फुलबारी खोलाको पुल २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । यी दुईवटा पुलको ढलानको काम सकेर एप्रोज वाललगायतका निमौणको काम भइरहेको छ ।

    आउँदो वैशाख भित्रै पुल निर्माणको काम सकेर गाडी चलाउने गरी काम भइरहेको निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।

    असारसम्म ४ वटै पुल निर्माण सम्पन्न हुने आयोजनाको दाबी

    मदन भण्डारी आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले आगामी असारसम्म चारवटै पुल निर्माण सक्ने गरी काम गर्ने बताएका छन् । उनले सोही अनुसार निर्माण व्यवसायीलाई आग्रह गरेको बताए ।

    उनले पछिल्लो कामको गति हेर्दा आशा लाग्दो गरी काम अगाडि बढेको दाबी गरे ।

    निर्माण व्यवसायीले कामको गति बढाएर आउँदो असारसम्म काम सक्नुपर्नेमा तोकेता गर्दै आएको पोखरेलले बताए ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित