‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय देविनगर शाखा द्वारा शिवध्यवारोहण कार्यक्रम (तस्वीरहरु)

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय देविनगर शाखा बुटवलले शिवध्यवारोहण कार्यक्रम सम्पन्न गरेको छ । परमात्या अवतरणको यादगार दिवसको उपलक्ष्यमा आयोजित शिवध्यवारोहण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरी, ब्रम्हाकुमारी नेपालका सह–निर्देशक ब्रम्हाकुमारी कमला दिदी लगाएतको उपस्थिती रहेको थियो ।

शिवध्यवारोहण कार्यक्रममा बोल्दै जनप्रतिनिधी शाहीले बाहिर देखावटी सहयोग र सम्मान भन्दा पनि मनै देखि गरिने सम्मान र सहयोगले जीवनमा परिर्वतन ल्याउने बताए । उनले शान्ती विना जीवन अधुरो रहने बताउंदै आफु भित्र शान्ती प्राप्त गर्न रिस, डाहा, ईश्या त्याग गर्नुपर्ने बर्ता । त्यस्तै कमला दिदिले सधै जीवनमा उर्जाशिल बन्न झुट कुरा गर्न नहुने बताईन ।

साथै उहांले विद्यालय, विश्वविद्यालयमा पुर्विय दर्शनका नैतिक शिक्षा दिन सके समाजमा हत्या हिंसा रोक्न सकिने उनको भनाई छ ।

साथै उनले शिव भनेको परमात्मा र रात्री भनेको अज्ञानता भएको बताउंदै अज्ञान रात्रीमा नै परमात्माको अवतरण भएर हाल अज्ञानताको नाश भैरहेको र युग छिटै रुपान्तरण हुने बताईन । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीकी सह सचिव माया केसीले बोल्दै समाज रुपान्तरणको अभियानमा विश्वविद्यालय संग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित