‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, बुटवलले शुक्रबार विश्व उपभोक्ता दिवसको अवसर पारेर खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उपभोक्तालाई अधिकारको विषयमा जागरुक बनाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको हो । विश्व उपभोक्ता दिवस दिवस हरेक वर्ष मार्च १५ तारिकमा मनाउने गरिन्छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमख सावित्रादेवी अर्यालले उपभोक्ता अधिकार ठगिबाट जोगिन आफै पहिला सचेत बन्नुपर्ने बताइन् ।

सधै मारमा परेका उपभोक्तालाई अधिकारको लागि राज्य पनि जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले उपभोक्ता अधिकार दायित्व सबैको भएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले अधिकारका लागि उपभोक्ता आफैं जागरुक हुनुपर्ने बताए । कार्यक्रममा १०० भन्दा बढी उपभोक्ताहरु सहभागी थिए । उनीहरुले अधिकार र प्राप्तीका विषयमा मञ्चको काम र भूमिकाबारे विभिन्न प्रश्नहरु राखेका थिए । विश्वमै पहिलो पटक सन् १९६२ मार्च १५ मा अमेरिकी संसदमा राष्ट्रपति जोन अफ केनेडीले प्रस्तुत गरेका सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रुपमा घोषणा गरिएको थियो ।

यिनै अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८५ मा उपभोक्ताका आठ वटा अधिकारसहित उपभोक्ता अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय मार्गदर्शन पारित भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित