दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

रेसुंगा बिमानस्थलमा हप्ताको तीन पटक उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान हुने भएको छ । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्स सँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए ।

उनका अनुसार अब गुल्मीकाे रेसुंगा विमानस्थलमा साप्ताहिक तीन उडान हुनेछन् । उनले कठोर मिहिनेत र पटक-पटकको छलफल पछि आगामी सोमबारबाट रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक तीन उडान गर्ने सहमति भएको बताए ।

नेपाल एयरलाइन्सले हालसम्म साप्ताहिक दुई उडान गरिरहेकाे थियो । प्रत्येक बुधबार र शुक्रबार उडान भइरहेको थियो ।

अबदेखि प्रत्येक साेमबार, बुधबार र शुक्रबार उडान हुनेछ । उनले उडान थप भएकोले अब आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दु:ख र समस्याको केही हदसम्म समाधान हुने विश्वास लिएकाे बताए । यात्रुको चापका आधारमा थप उडानका लागि पनि पहल गरिने नगरपालिका प्रमुख पन्थीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित