लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रेसुंगा बिमानस्थलमा हप्ताको तीन पटक उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान हुने भएको छ । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्स सँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए ।

उनका अनुसार अब गुल्मीकाे रेसुंगा विमानस्थलमा साप्ताहिक तीन उडान हुनेछन् । उनले कठोर मिहिनेत र पटक-पटकको छलफल पछि आगामी सोमबारबाट रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक तीन उडान गर्ने सहमति भएको बताए ।

नेपाल एयरलाइन्सले हालसम्म साप्ताहिक दुई उडान गरिरहेकाे थियो । प्रत्येक बुधबार र शुक्रबार उडान भइरहेको थियो ।

अबदेखि प्रत्येक साेमबार, बुधबार र शुक्रबार उडान हुनेछ । उनले उडान थप भएकोले अब आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दु:ख र समस्याको केही हदसम्म समाधान हुने विश्वास लिएकाे बताए । यात्रुको चापका आधारमा थप उडानका लागि पनि पहल गरिने नगरपालिका प्रमुख पन्थीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित