रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी पाल्पामा सुरु

बुटवल । तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी बिहीबारदेखि पाल्पामा सुरु भएको छ । संघको रणनीतिक योजना निर्माण एवं संस्थागत सवलीकरणको लक्ष्यसहित कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीले आगामी ३ वर्षका लागि लक्ष्य, रणनीति र कार्यक्रम निर्धारण गर्ने छ ।
चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले आम व्यवसायीहरुका समस्यालाई पहिचान गरी समाधानको उपाय खोजी गर्ने गरी नेतृत्वदायी भूमिका खेल्न संघलाई सुझाव दिए ।

एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले तिलोत्तमा व्यापार संघलाई आशालाग्दो, भरलाग्दो संगठन बनाउन सकेमात्र सदस्यता बिस्तार गर्न सकिने सुझाव दिए । उनले व्यावसायिक हक हितको रक्षा गर्दै व्यवसायीहरु संघमा किन आवद्ध हुने भन्ने प्रश्नको जवाफ दिने गरी संघले आफ्ना कार्ययोजना अगाडि बढाउनुपर्ने बताए ।

चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश महासचिव एवं संघका संस्थापक अध्यक्ष जेपी कंडेलले संस्थागत हित र व्यवसायीहरुको हक अधिकारको लागि संगठीत रुपमा अगाडि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । उनले तीन वर्षे कार्यकालभित्र १५ सय सदस्य पुर्याउने, संघमा आवद्ध सदस्यहरुको दुर्घटना बीमा, उद्योगी व्यवसायीका लागि स्वास्थ्य शिविरको सञ्चालन, अस्पतालमा सहुलियत उपचारको प्रवन्ध, नेतृत्व विकास, व्यवसायीमुखी तालिम जस्ता क्रिायकलापहरु अगाडि बढाउन सके व्यवसायीहरुलाई आकर्षित गर्न सकिने बताए ।

कार्यक्रममा संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले उद्योगी र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि निरन्तर क्रियाशील रहँदैे व्यवसायिक क्षमता र दक्षता विकासका लागि अगाडि बढ्ने अठोटका साथ कार्यशाला गोष्ठी आयोजना गरिएको बताए ।

संघका महासचिव चेतनारायण विश्वकर्माले उद्योगी, व्यापारी वर्गमा एकता, मैत्रीपूर्ण, सद्भावनाको वातावरण सिर्जना गर्ने गरी संस्था अगाडि बढ्ने बताए । दुई दिने कार्यशाला गोष्ठीमा चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले सहजीकरण गरेका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित