
बुटवल । बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले अहिलेको समयमा हरेक व्यक्ति व्यक्तिमा तनाव रहेको बताएकी छिन् ।
तनाव व्यवस्थापका लागी स्वंय ब्यतmीले नै धैर्यता अपनाउनुपर्ने बताउदै नकारात्मक कुरालाई पनि सकारात्मक ढंगबाट ग्रहण गर्ने बानीको विकास गर्न सके तनावबाट मुक्त हुन सकिने अर्यालको भनाई थियो ।
एटलस वेलफेयर अर्गनाईजेसन बुटवलको आयोजना, बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सहयोग र स्टडीवल्र्ड एजुकेशन एकेडेमी बुटवलको सहकार्यमा आयोजना गरिएको तनाव व्यवस्थापन सम्बन्धी एकदिने तालिममा बोल्दै प्रमुख अतिथि उपप्रमुख अर्यालले सो कुरा बताएकी हुन ।
‘घर, परिवार र समाजमा बिभिन्न कारणले तनाव सिर्जना भएको हुन्छ, यसलाई केही हदसम्म भएपनि समाधान गर्ने उदेश्यले उपमहानगरले आर्थिक उपार्जनका कार्यक्रम अगाडी सारेको छ’ उपप्रमुख अर्यालले भनिन् ।
एटलस वेलफेयर अर्गनाइजेसन बुटवलका अध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समयमा मानिसहरुले अपनाएको आधुनिक शैली, देखासिकी, भौतिक तथा आर्थिक रुपले महत्वकांक्षी हुदा बिभिन्न तनाव सिर्जना भएकाले कार्यक्रमको आयोजना गरिएको बताईन ।
तनाव व्यवस्थापन प्रशिक्षक माला प्रधानले तनाव ब्यवस्थापन सम्बन्धी मनोबैज्ञानिक तरिकाहरु बारे प्रशिक्षण दिएकी थिईन । मानिसहरुले अरुको देखासिकी नगर्ने, ध्यान, योगा गर्ने, एक्लै नबस्ने, सकेसम्म कुनै न कुनै काममा ब्यस्त रहन सके तनाव कमगर्न सकिने प्रधानले सुझाव दिईन ।
भूमि आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आचार्यले परिवारबाटै तनाव ब्यवस्थापन आजको आवश्यकता रहेको बताउदै समय सान्दर्भिक बिषयमा कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था र वडा कार्यालयलाई धन्यवाद ब्यक्त गरे । उनले प्रत्येक टोल टोलमा तनाव ब्यवस्थापन कार्यक्रम आयोजना गर्न सुझाव दिए ।
वडा नम्बर ८ का कार्यबहाक अध्यक्ष हरिहर ज्ञवालीले वडामा रहेका नागरिकलाई स्वस्थ राख्नका लागी थप सहयोग पुर्याउने भएकाले तनाव व्यवस्थापन कार्यक्रममा सहयोग गरिएको बताए ।
वडाका नागरिकमा सबै किसीमको सचेतना आवश्यक रहेको बताउदै ज्ञवालीले महिला सशतिmकरण, शिक्षा ,स्वास्थ्य, खेलकुद लगायतका कार्यक्रम आयोजन गर्ने गरेको जानकारी दिए ।
वडामा रहेका टोल विकास संस्थाका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रममा वडा सदस्यहरु सीता खनाल, सविता बि क, तुलबहादुर थापा, वडा सचिव सुन्दरी आचार्य, पूर्व वडा अध्यक्ष भिम श्रेष्ठ, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष राधेश्याम भण्डारी, समाजसेवि द्धय नुमाकान्त चापागाई, डोलराज अर्याल ,लाफा युवा क्लबका अध्यक्ष वविन थापा, लखन ब्रदर्शका अध्यक्ष सुदिप खत्री, समृद्धि आम समुहका रुक्मणी भट्टराई, श्रुजना सास्कृतिक आमासमुहका धनहरी गुरुङ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम एटलस वेलफेयर अर्गनाइजेसन बुटवलका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता, बुटवलका उपप्रमुख साबित्रादेबि अर्यालको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्ष विण्णु प्रसाद पन्थको स्वागत र सचीव सपना खनालको संचालनमा सम्पन्न भएको थियोे । संस्थाले बिगत ८ बर्षदेखि बिभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।