‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

देवदहमा क्लोथ बैंक सञ्चालन

देवदह । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए। र क्लोथ एण्ड फुड बैंक नेपालको आयोजना र देवदह नगरपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।
सोही अवसरमा बोल्दै उपप्रमुख गुरुङले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस नगरपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गरिन । त्यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कार्यक्रममा बोल्दै प्रयोगमा नआएका कपडा जति पनि प्राप्त हुन्छन, ती कपडाहरुलाइ पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय रहेको बताए । कार्यक्रममा नगर प्रवक्ता एवं वार्ड नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद सापकोटा, वडा ९ का वडा अध्यक्ष मोहन जि। सी। लगायतको उपस्थिति रहेको थियो ।

क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि।सीले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ(संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन समेत उनले आग्रह गरे।
फागुन ०५ गते लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भइ हालसम्म काठमाडौंको टोखा नगरपालिका र रुपन्देहीको कन्चन गाउपालिकामा पनि कपडा बैंकको औपचारिक सुभारम्भ भैसकेको छ साथै देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको अध्यक्ष कमल जि।सीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित