रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवलमा गैरे अटोमोवाईल्सले थाल्यो भेस्पा अप्रिलिया बिक्री,कालिकानगरमा शो रुम उद्घाटन

बुटवलमा डेल्टा अटोकर्पको नयाँ शोरुम संचालनमा आएको छ । गैरे अटोमोवाईल्स मार्फत बिक्री शुभारम्भ भएको हो । भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बुटवल–१० कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

बुटवल क्षेत्रमा बढ्दै गएको भेष्पा अप्रिलिया स्कुटरको मागलाई मध्यनजर गर्दै नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुमको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतो र गैरे अटोमोवाईल्र्स प्रबन्ध निर्देशक प्रेमराज गैरेले संयुक्त रुपमा शुभारम्भ गरे ।

यस क्षेत्रमा स्कुटीको माग दैनिक वढ्दै गएकोले कम्पनीले नयाँ शोरुम स्थापना गरी विक्रीलाई प्राथमिकता प्रदान गरेको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले बताए । नयाँ शोरुमबाट स्कुटरको सेल्स, सर्भिस, स्पेयर्स, एक्सचेन्जका साथै फाईनान्सको सुविधा रहेको बताए ।

गैरे अटोमोवाईल्र्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले वजारको माग र लोकप्रियतालाई मध्यनजर गर्दै आफूहरुले नयाँ शोरुम संचालनमा ल्याउन पाएकोमा उत्साहित महशुस भएको बताए ।

शुभारम्भको अवसरमा कम्पनीले प्रतिस्कुटरमा नगद १० हजार छुट र एक थान हेलमेट उपहार प्रदान गर्ने गरी विशेष अफर घोषणा गरेको गैरे प्रतिष्ठानको वरिष्ठ प्रबन्धक धुर्व सापकोटाले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित