
बुटवल । मुक्तिनाथ विकास बैंक चौराहा शाखाले कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेको छ ।
चौराहा शाखाका शाखा प्रबन्धक सरोज अर्याल, क्षेत्रिय कार्यालयकी बजार विभागकी अर्चना क्षेत्रीले कक्षा ११ र १२ मा पढ्ने २ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेका थिए ।
कक्षा ११ की भुमिका अर्याल र कक्षा १२ का प्रशान्त पौडेललाई जनही २५ हजार छात्रबृत्ति प्रदान गरिएको शाखा प्रबन्धक सरोज अर्यालले जानाकारी दिए ।
छात्रबृत्ति कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्राचार्य दिनेश थापा, सह प्राचार्य पिताम्बर बन्जाडे, ईन्चार्ज सुदर्शन रेग्मी लगाएतको उपस्थिती रहेको थियो ।