‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा गर्ने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा

लुम्बिनीमा आयोजना गर्ने भनिएको एउटा अन्तर्राष्ट्रिय कार्यक्रम सरकारको समीकरण फेरिएसँगै दिल्लीमा सारिएको छ।

निर्वासित तिब्बती बौद्ध धार्मिक नेता दलाई लामालाई समेत लुम्बिनीमा आमन्त्रण गर्ने सुरुको योजनाका कारण यो कार्यक्रम विवादित बनेको थियो।

यही फागुन २८ र २९ गते (मार्च ११–१२) मा लुम्बिनीमा बालबालिका, विकास र शान्तिसम्बन्धी सम्मेलन गर्ने तय भएको थियो।

‘लरियट्स एन्ड लिडर्स फर चिल्ड्रेन समिट’ नाम दिएर आयोजना गर्ने भनिएको सम्मेलनमा विश्वका नौजना नोबेल पुरस्कार विजेतालाई निम्त्याइएको थियो।

सम्मेलनको तयारी चल्दै गर्दा नोबेल पुरस्कार विजेता दलाई लामालाई पनि निम्त्याउने चर्चा भएपछि कार्यक्रम विवादित बनेको थियो।

सोमबार नेपाल सरकारको समीकरण फेरिएसँगै यो सम्मेलनमा सोही दिन गर्ने गरी दिल्लीमा सारिएको आयोजकले जनाएको छ।

अमेरिकी संस्था ‘लरियट्स एन्ड लिडर्स फर चिल्ड्रेन समिट’ले मंगलबार विज्ञप्तीमार्फत ‘नेपालको राजनीतिक गतिरोध’का कारण देखाउँदै उक्त कार्यक्रम सोही मितिमा दिल्लीमा गरिने जनाएको छ। साथै उसले यसअघि लुम्बिनीमा आयोजना गर्न लागिएको कार्यक्रममा दलाई लामालाई निमन्त्रणा नदिएको पनि दाबी गरेको छ।

लुम्बिनीमा आयोजना गरिने कार्यक्रम सुरुमा १० मार्चका लागि तय भएको थियो, जुन तिब्बतमा दलाई लामाले विद्रोह गरेको दिन हो। १० मार्चमा कार्यक्रम राखिएको र दलाई लामालाई पनि सो बोलाउने तयारी भएको पाएपछि चिनियाँ राजदूत चेन सोङले माघ २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आपत्ति जनाएका थिए।

राजदूतले आपत्ति जनाएपछि प्रधानमन्त्रीको पहलमा सो कार्यक्रम संशोधन गरेर मार्च ११ र १२ मा गर्ने नयाँ मिति तय भएको जनाइएको थियो। सो कुरालाई पनि आयोजकले खण्डन गरेको छ।

परराष्ट्रमन्त्री एनपी साउद संयोजक रहेको संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको मातहत रहेको लुम्बिनी विकास कोषसमेत सो सम्मेलन सफल बनाउन सक्रिय भएको सम्भवतः सुरुमा प्रधानमन्त्रीलाई जनाकारी नै थिएन।

लुम्बिनी प्रदेश करिब ७ करोड बजेट विनियोजन गरेर सो कार्यक्रमको प्रमुख आयोजक नै बनेको थियो। लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारकाल लामासमेत जोडिएको कार्यक्रममा दलाई लामालाई सहभागी गराउने, उनको भिडिओ सम्बोधन गराउने वा सन्देश पढेर सुनाउने तयारी थियो।

कार्यक्रमको उद्घाटन चाहिँ प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री दाहालले नै गर्ने आयोजकले प्रचार गरिरहेका थिए।

यस्तो परिस्थितिमा सरकारको समीकारण फेरिएकै दिन सोमबार सो कार्यक्रम रद्द हुन पुग्यो। भोलिपल्ट मंगलबार आयोजक अमेरिकी संस्थाले विज्ञप्ति निकालेर सो कार्यक्रम दिल्लीमा गरिने जनाएको हो।

सो कार्यक्रमको तयारी हुनुभन्दा धेरै अघिदेखि नै ल्हारकाल लामाले लुम्बिनीमा दलाई लामालाई ल्याउने तयारी भइरहेको आफूनिकटका व्यक्तिहरूलाई बताइरहेका थिए। तर दलाई लामा भने लुम्बिनी आउन उत्सुक थिएनन्।

लुम्बिनी विकास कोषका एक अधिकारीका भनाइमा ‘लुम्बिनी सम्मेलनमा उपस्थिति हुँदा नेपाल असजिलोमा पर्ने र नेपालमा रहेका तिब्बती शरणार्थीलाई पनि समस्या हुनसक्ने’ निष्कर्ष सुनाउँदै कार्यक्रममा सहभागी नहुने जानकारी दलाई लामाले पठाएका थिए।

त्यसपछि मात्र दलाई लामाको भिडिओ सम्बोधन वा सन्देश वाचन गर्ने तय भएको ती अधिकारीको भनाइ छ। तर यी सबै दाबीलाई आयोजकले भने खण्डन गरेको छ।

‘नोबेल पुरस्कार विजेताहरू उपस्थिति हुन लागेको त्यति ठूलो र भव्य कार्यक्रम एकाएक रद्द हुँदा पर्यटन प्रवर्द्धनमा मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय छविमा दाग लागेको छ,’ लुम्बिनी प्रदेशका एक मन्त्रीले भने, ‘यो नेपालका लागि दुर्भाग्यपूर्ण अवस्था हो।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित