‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

५ किलोमिटर महिला दौडमा कालिका मानवज्ञानकी प्रकृति घिमिरे प्रथम

११४ औं अन्तराष्ट्रिय नारी दिवस सन्दर्भमा रेडियो मुक्तिले आयोजना गरेको ५  किलोमिटर दौड प्रतियोगितामा प्रकृति घिमिरे प्रथम भएकी छिन् ।

बुटवलको प्रदेश प्रमुख कार्यालयबाट सुरु भएको दौड प्रतियोगितामा कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्यायनर घिमिरेले निर्धारित दुरी २२ मिनेट ५७ सेकेण्ड ४३ प्रतिसेकेण्डमा पार गर्दै प्रथम भएकी हुन ।

त्यस्तै नेपाल प्रहरीकी पुनम खड्का क्षेत्रीले २३ मिनेट ११ सेकेण्ड १२ प्रतिसेकेण्डमा निर्धारित दुरी पार गर्दै द्धितिय भईन ।

त्यस्तै दिप बोडिङ स्कुलकी देवी बुढा तृतिय भईन । उनले निर्धारित दुरी २७ मिनेट १२ सेकेण्ड ६६ प्रतिसेकेण्डमा पार गरिन ।

त्यस्तै प्रतियोगितामा खेलमा कालिका मानवज्ञान माबिकी कृति पराजुली २७ मिनेट १७ सेकेण्ड ५६ प्रतिसेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो भईन ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र चौथो स्थान प्राप्त गर्नेहरुले क्रमस १२ हजार, ९ हजार, ५ हजार र ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी प्रतियोगिलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका पुजा थारु पाँचौ, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठौ भएका थिए ।

उनीहरुलाई पनि प्रोत्साहन स्वरुप २÷२ हजार प्रदान गरिएको रेडियोकी समाचार प्रमुख अस्मिना पाण्डेले जानाकारी दिईन ।

कार्यक्रममा सबैभन्दा कम उमेरकी लक्ष्मी माबिमा अध्यरनरत १२ बर्षकी बिनिता मुखिया समेत सहभागि भएकी थिईन । उनलाई पनि प्रोत्साहन स्वरुप नगद रु १ हजार र प्रमाणपत्रले प्रदान गरिएको थियो । कार्यक्रममा इनरव्हिल क्लब अफ मिडटाउनका पार्वती पंगेनी, एकल महिला समुह रुपनदेहीकी रिता सेन, लुम्बिनी प्रादेशिक अस्पतालकी गोमा सुवेदी, प्रगतिशिल महिला सहकारीकी मन्जुथारु लाई सम्मान गरिएको छ । कार्यक्रममा ३५० महिलाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको एक कार्यक्रमका बीच नगरप्रमुख पाण्डेयले उद्घाटन गरेका थिए । सो अवसरमा खेल क्षेत्रको प्रबद्र्धन र विकासमा उपमहानगरपालिकाले जोड दिदै आएको बताए । त्यस्तै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेल प्रतियोगिताले शारीरिक तन्दुरुष्त मात्र हुने नभई यसले सकरात्मक सोचको समेत विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित