रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

शिवरात्रिको दिन मानसरोवर दर्शन गर्न नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट

नेपालगञ्ज । महाशिवरात्रिकाे अवसरमा कैलाश मानसरोवर दर्शनका लागि नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट भएकाे छ । चार्टर्ड फ्लाइट मार्फत करिब २ सय भारतीय पर्यटकहरूले कैलाश मानसराेवरकाे दुरदर्शन गरेका छन्र् ।

श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटकहरूले चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन् । शिवरात्रिकाे दिन कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

कोभिड महामारी सुरू हुनु अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा दिन बन्द गर्दा नेपालगञ्ज रुट सुनसान बनेको थियाे । जसको सिधा असर नेपालगञ्जकाे पर्यटन व्यवसायमा परेको थियाे ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेकिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे ।

मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले बताए ।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टु टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए ।

माउन्टेन फ्लाइटकै कारण भारतीय पर्यटकहरू आउँदा नेपालगन्जका सिद्धार्थ लगायतका हाेटेलहरू भरिभराउ भएका छन् ।

भारतको कर्नाटकादेखि आएकी ३३ वर्षीया अरुणा यनले शिव पार्वतीको ‘घर’ देख्ने बाल्यकालदेखिको सपना पूरा भएको बताइन् । यसैगरी दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले पनि जहाजबाटै कैलाश र मानसरोवर दर्शन गर्ने सौभाग्य पाएकाे बताए ।

दर्जनौं हिउँ चुचुरा पार गर्दै कैलाश पर्वत र मानसरोवरलाई नजिकबाट नियाल्दा भारतीय पर्यटकहरू खुशीले चिच्याउँदै ‘हर हर महादेव’ भन्दै थिए ।

भारतीय ट्राभल कम्पनी ट्रिप टु टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकहरूलाई तिर्थयात्रा गराउँदै आएको छ ।

पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश-मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान संचालन गर्ने तयारी भई रहेकाे पर्यटन व्यवसायी केशव न्याैपानेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित