‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

आज महाशिवरात्री, पाल्पाको सिद्धबाबा सहित देशभरका शिवालयमा भक्तजनको विहानै देखि घुँइचो

आज महाशिवरात्री, विहानैदेखि शिवलयमा श्रद्धाले भक्तजनहरुको घुंइचो लागेको छ ।

पाल्पाको सिद्धबाबा, रुपन्देहीको तल्लो सिद्धबाबा, बोलबमधाम, मुक्तिनाथ धाम, निलकण्ठ बाबाधाम, तिलोत्तमा रहेको श्रृङगेश्वरधाम लगायतका शिवालयहरुमा भिड लागेको हो । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाउन लागिएको हो ।

नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजापाठ गर्ने धार्मिक प्रचलन छ । धार्मिक ग्रन्थ अनुसार आज नै शिवको जन्म भएको हो । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

यसै बीच सिद्धबाबा मन्दिर बिकास समितिले महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताए । भक्तजनको शुविधाका लागि आज शुक्रबार सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवसथापन गरिएको अध्यक्ष शेरचनले बताए ।

बुटवलका योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा गोलपार्कमा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध हुनेछ । यसैगरी व्यवसथापनलाई सहज बनाउनका लागि बिभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय गरिएको छ । विगत वर्षहरुमा जस्तै यो वर्ष पनि करिब ४० हजार भक्तजनले पूजापाठ गर्ने र त्यसका लागि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन टोकनको व्यवस्था गरिएको उपाध्यक्ष अम्मर प्रधानले जानकारी दिए ।

सिद्धबाबा मन्दिर बिकास समितिले भक्तजनका लागि निशुल्क प्रसाद वितरण तथा भण्डाराको व्यवस्था गरेको छ । विहान साढे ३ बजेदेखि मन्दिरको मुख्य द्वार खुला गरी पूजापाठ चलिरहेको छ । सिद्धबाबा मन्दिरमा नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत दर्शन गर्न आउने गर्दछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित