‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बस दुर्घटनापछि त्रिशुलीमा बेपत्ता कांग्रेस नेता प्रकाश पाठकको शव भेटियो

रुपन्दही । रुपन्देहीको लुम्बिनीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा बस खस्दा वेपत्ता भएका नेपाली कांग्रेसका युवा नेता प्रकाश पाठकको शव बिहीबार दिउँसो फेला परेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसको पुष्टि गर्दै पाठकको विषयमा सुनेको खबरले आफू स्तब्ध भएको जनाएका छन् ।

मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट त्रिशुली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए ।

प्रहरी र स्थानीयले अधिकांश घाइतेलाई सकुशल उद्दार गरेपनि पाठकसँगै हराइरहेका तीन यात्रुमध्ये प्रकाश पाठकको शव घटनास्थलभन्दा ७ किलोमिटर तल नदीमा फेला परेको उनका साथी गोविन्द खनालले जनाएका छन् । पाठकको आज अपरान्ह पौने ४ बजे शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको खनालले जनाएका छन् ।

बुटवलको दिपनगरका स्थायी बासिन्दा प्रकाश पाठक नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व केन्द्रीय सदस्य, तथा नेपाल रिक्सा चालक संघका पूर्व केन्द्रीय अध्यक्ष थिए । लामो समयदेखि सहकारी अभियानमा लागेका उनी पछिल्लो समय काठमाण्डौमा बस्न थालेका थिए । श्रीमतिले काठमाडौंमा कलेज पठाउने, ११ वर्षको छोरा र आमासहित उनी काठमाण्डौमा बस्न थालेका हुन् ।

सशस्त्र प्रहरी सुरक्षा वेश आदमघाटबाट डीएसपी तुला चौधरीको कमान्डमा खटिएको टोलीले फेला पारेको हो । योसँगै त्रिशुलीमा बेपत्ता तिनैजनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित