
बुटवल। ११४ औ अन्तराष्ट्रिय नारी दिवस २०२४ को अवसर पारेर महिमा ज्योति चच दिदीबहिनी संगती बुटवल–११ देवीनगरले बुधवार नारीहरुलाई निणय प्रकृयामा समावेश गर्न उत्प्रेरित गरौं भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
महिमा ज्योति चर्च दिदीबहिनी मण्डली समितिका अध्यक्ष दिदीबहिनी संगतिका अध्यक्ष कमला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महिला अििधकारकर्मी तथा समाजसेवी एवम् बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा बोल्दै बुटवल उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुले पुरुष सरह राज्यका हरेक तहमा अधिकार र श्रमको ज्याला लिनुपर्ने बताईन । उनले २१ औं शताब्दीमा पनि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताउँदै महिलाहरुलाई रोजगारसंग जोड्न सकेमा अगाडि बढन सक्ने बताईन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बोल्दै २१ औं शताब्दीमा आईपुग्दा पनि महिला र पुरुषमा असमानता कायम रहेको बताउँदै महिला समानताले नै दिगो विकास हुने बताए ।
त्यस्तैगरी सम्बद्ध बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकराज शर्मा, महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्ण प्रसाद शर्मालगायतको सहभागिता रहेको कार्यक्रममा ६ वटा महिला तथा आमा समुह, कोपिला ढुंगाना र दिपा अर्यालले कविता बाचन गरेका थिए । उनीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
सो अवसरमा टोल विकास संस्थाहरुबाट सफल महिला समूहकी अध्यक्ष शान्ति घिमिरे, महिला÷आमा समुहको तर्फबाट पूर्व सिद्धनगर टोल विकास संस्थाकी अध्यक्ष माया ज्ञवालीलगायतले मन्तव्य राखेका थिए ।
अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा ‘निर्णय प्रक्रियामा महिलाहरुको सहभागिता’ विषयमा कविता प्रस्तुत गरिएको थियो । बुटवल तिलोत्तमा आमा समुह, जनजागरण आमा समुह,सफल आमा समुह,ज्योति परिषद् दिदीबहिनी संगति, श्रष्टा तथा नवोदित साहित्यकार दुर्गा थापा मगरलगायतले कविता वाचन गरेका थिए ।
ज्योति मण्डली परिषद्का अध्यक्ष पाष्टर मनोहर पाठकको धन्यवाद तथा समर्पण प्रार्थना, दिदीबहिनी संगतिका समितिका सदस्य मनु थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन राधिका रानाले गरेकी थिईन् ।