‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

महिलालाई रोजागर संग जोड्न सके मात्र महिलाहरु सक्षम हुन्छन्–उपप्रमुख अर्याल

बुटवल। ११४ औ अन्तराष्ट्रिय नारी दिवस २०२४ को अवसर पारेर महिमा ज्योति चच दिदीबहिनी संगती बुटवल–११ देवीनगरले बुधवार नारीहरुलाई निणय प्रकृयामा समावेश गर्न उत्प्रेरित गरौं भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

महिमा ज्योति चर्च दिदीबहिनी मण्डली समितिका अध्यक्ष दिदीबहिनी संगतिका अध्यक्ष कमला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महिला अििधकारकर्मी तथा समाजसेवी एवम् बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा बोल्दै बुटवल उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुले पुरुष सरह राज्यका हरेक तहमा अधिकार र श्रमको ज्याला लिनुपर्ने बताईन । उनले २१ औं शताब्दीमा पनि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताउँदै महिलाहरुलाई रोजगारसंग जोड्न सकेमा अगाडि बढन सक्ने बताईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बोल्दै २१ औं शताब्दीमा आईपुग्दा पनि महिला र पुरुषमा असमानता कायम रहेको बताउँदै महिला समानताले नै दिगो विकास हुने बताए ।

त्यस्तैगरी सम्बद्ध बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकराज शर्मा, महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्ण प्रसाद शर्मालगायतको सहभागिता रहेको कार्यक्रममा ६ वटा महिला तथा आमा समुह, कोपिला ढुंगाना र दिपा अर्यालले कविता बाचन गरेका थिए । उनीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

सो अवसरमा टोल विकास संस्थाहरुबाट सफल महिला समूहकी अध्यक्ष शान्ति घिमिरे, महिला÷आमा समुहको तर्फबाट पूर्व सिद्धनगर टोल विकास संस्थाकी अध्यक्ष माया ज्ञवालीलगायतले मन्तव्य राखेका थिए ।

अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा ‘निर्णय प्रक्रियामा महिलाहरुको सहभागिता’ विषयमा कविता प्रस्तुत गरिएको थियो । बुटवल तिलोत्तमा आमा समुह, जनजागरण आमा समुह,सफल आमा समुह,ज्योति परिषद् दिदीबहिनी संगति, श्रष्टा तथा नवोदित साहित्यकार दुर्गा थापा मगरलगायतले कविता वाचन गरेका थिए ।

ज्योति मण्डली परिषद्का अध्यक्ष पाष्टर मनोहर पाठकको धन्यवाद तथा समर्पण प्रार्थना, दिदीबहिनी संगतिका समितिका सदस्य मनु थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन राधिका रानाले गरेकी थिईन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित