रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बुटवल वडा नं. १० मा जथाभावी टाँगिएका विद्युतका नाँगो तारहरु विस्थापित गरिँदै

बुटवल उपमहानगरपालिका वडा नं. १० मा जथाभावी टांगिएका विद्युतका नांगो तारहरु विस्थापित गरि व्ल्याक कोटेड तारहरु विस्तार गर्ने काम भईरहेको छ ।

नांगो तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयको पहलमा एउटै कोटेड तार विस्तार गर्न थालिएको वडा अध्यक्ष बल बहादुर पुनले जानकारी दिए ।

वडा अध्यक्ष पुनले कालिकानगरतर्फ ६३ वटा र रामनगरतर्फका १० वटा गरि ७३ वटा भित्रि सडक र गल्लीमा टांगिएका नांगो तारलाई हटाएर कोटेड तार विस्तार गर्न लागिएको जानकारी दिए ।

वडा अध्यक्ष पुनले वडा कार्यालयको पहल र सहकार्यमा नेपाल विद्युत प्राधिकरणबाट हालसम्म ५ वटा गल्लीमा कोटेड तार विस्तार भईसकेको र बांकि गल्ली र सडकमा डेढमहिना भित्र सम्पन्न गरिने बताए ।

अहिलेसम्म ११ सय मिटर तार उपलब्ध भईसकेको छ भने विस्तार गर्दै जांदा विद्युत प्राधिकरणले उपलब्ध गराउंदै जाने र नपुगेको स्थानमा वडा कार्यालयले बजेट सुनिश्चित गरेर भएपनि वडा नं. १० लाई नांगो तार रहित वडा बनाउने वडा अध्यक्ष पुनले बताए ।

आफुसंगै वडसदस्यहरुको निरन्तरको आग्रह र पहलपछि विद्युत प्राधिकरणले आफ्नै लगानीमा तार विस्तार गरिदिएको पुनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित