‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवल वडा नं. १० मा जथाभावी टाँगिएका विद्युतका नाँगो तारहरु विस्थापित गरिँदै

बुटवल उपमहानगरपालिका वडा नं. १० मा जथाभावी टांगिएका विद्युतका नांगो तारहरु विस्थापित गरि व्ल्याक कोटेड तारहरु विस्तार गर्ने काम भईरहेको छ ।

नांगो तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयको पहलमा एउटै कोटेड तार विस्तार गर्न थालिएको वडा अध्यक्ष बल बहादुर पुनले जानकारी दिए ।

वडा अध्यक्ष पुनले कालिकानगरतर्फ ६३ वटा र रामनगरतर्फका १० वटा गरि ७३ वटा भित्रि सडक र गल्लीमा टांगिएका नांगो तारलाई हटाएर कोटेड तार विस्तार गर्न लागिएको जानकारी दिए ।

वडा अध्यक्ष पुनले वडा कार्यालयको पहल र सहकार्यमा नेपाल विद्युत प्राधिकरणबाट हालसम्म ५ वटा गल्लीमा कोटेड तार विस्तार भईसकेको र बांकि गल्ली र सडकमा डेढमहिना भित्र सम्पन्न गरिने बताए ।

अहिलेसम्म ११ सय मिटर तार उपलब्ध भईसकेको छ भने विस्तार गर्दै जांदा विद्युत प्राधिकरणले उपलब्ध गराउंदै जाने र नपुगेको स्थानमा वडा कार्यालयले बजेट सुनिश्चित गरेर भएपनि वडा नं. १० लाई नांगो तार रहित वडा बनाउने वडा अध्यक्ष पुनले बताए ।

आफुसंगै वडसदस्यहरुको निरन्तरको आग्रह र पहलपछि विद्युत प्राधिकरणले आफ्नै लगानीमा तार विस्तार गरिदिएको पुनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित