रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

अझै हटेन नारायणगढ–बुटवल सडक खण्डको अवरोध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतवार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन ।

आइतवार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध भएको हो ।

रातो माटोका कारण सडक चिप्लो हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट सुस्तापूर्वका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताए ।

बाटो अवरुद्ध भएपछि दाउन्ने सडकखण्ड अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा सयौं यात्री एवं सवारी बीच बाटोमा नै अलपत्र परेका छन् ।

सडक सञ्चालनका लागि हिलो माटो डोजर लगाएर हटाइए पनि पहाडी क्षेत्र भएकाले सडक चिप्लो भएर गाडी चलाउन समस्या भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

लामो समयदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड आइतबारको वर्षाका कारण अहिले हिलाम्मे भएको छ ।​

मालवाहक सवारीहरू धेरै ठाउँमा फसेकाले अन्य स्थानमा पनि सवारी सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित