‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवललाई सडक बालबालिका रहित बनाउने सबैकौ सहकार्य जरुरी

बुटवल  । बुटवललाई सडक बालबालिका रहित बनाउने सबैकौ सहकार्य जरुरी रहेको एक छलफल कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सिर्जनशील संस्था नेपाल (सीन)ले सोमबार बुटवलमा आयोजना गरेको सडक बालबालिकाको उद्दार, व्यवस्थापन र अल्पकालिन सेवा र सम्प्रेषण संयन्त्रको आवश्यकता सरोकारवालाको भूमिका विषय छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवल सहरलाई सडक बालबालिका रहित बनाउन स्थानीय सरकारको संकल्प र सबैको अभियान आवश्यक रहेको बताए ।

पछिल्लो समय बुटवलका सडकहरुमा सडक बालबालिकाको संख्या डरलाग्दो गरी बढेको पाइएको भन्दै सरोकारवाला चिन्तित छन ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुकुम्बासी समस्या बढी भएको क्षेत्रमा सडक बालबालिका बढिरहेको बताए । ‘हामी यो समस्या न्यूनीकरणका लागि लागेका छौ’ मेयर पाण्डेयले भने, ‘पहिलो कुरा अभिभावक सक्रिय हुन जरुरी छ । सडक बालबालिका शून्य बनाउने हाम्रो योजना छ । त्यसमा सबैको साथ र सहकार्य जरुरी छ ।’ कानूनी प्रक्रियाको झन्झटका कारण पनि प्रक्रियामा ल्याउन समस्या भएको मेयर पाण्डेयको भनाइ छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले वर्तमान सडक बालबालिकाको सवालप्रति तिलोत्तमा पनि चिन्तित रहेको बताइन ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले सडक बालबालिका सहरमा समस्याका रुपमा देखिएको बताए । कार्यक्रममा सीनका संस्थापक अध्यक्ष प्रतिमा शर्माले संस्थाले अहिले सम्म २१८ जनालाई सेवा दिएको डाटा प्रस्तुत गरिन ।

जसमध्ये १३७ जना सडक बालबालिकालाई पुर्नमिलन समेत गराएको बताइन । कार्यक्रममा नेपाल अभिनास अनाथ आश्रम तिलोत्तमाका अध्यक्ष कृष्ण ज्ञवाली लगायतले बोलेक ाथिए । सीनका अध्यक्ष बिजु पाण्डेको अध्यक्षता तथा महासचिव कल्पना ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित