‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भण्डारी र सचिवमा अर्याल निर्वाचित

बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा रेशमचन्द्र भण्डारी सर्वसहमत निर्वाचित भएका छन् । समाजको चौथो अधिबेशनबाट भण्डारी सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन ।

शनिबार रुपन्देहीको तिलोत्तमामा भएको अधिबेशनबाट प्रथम उपाध्यक्षमा मनोज गौतम चयन भएका छन् । त्यस्तै द्धितिय उपाध्यक्षमा ओमप्रसाद अर्याल, सचिवमा रामचन्द्र अर्याल (आरसी), सह–सचिवमा सिर्जना अर्याल, कोषाध्यक्षमा चन्द्रबहादुर पराजुली र सह–कोषाध्यक्षमा भगवती पराजुली चयन भएका छन् ।

अधिबेशन अघि भएको उद्घाटन सत्रको एक कार्यक्रमका बीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले अर्जैबाट स्थायी तथा अस्थायी बसोबास गर्नेहरु बीच भाईचारा र एकता कायम गर्न समाजले भुमिका खेल्नुपर्ने बताए । साथै उनले समाज परिवर्तनका लागि समाजले विभिन्न रचनात्मक काम गर्न सुझाव समेत दिए । अधिबेशन समाजका अध्यक्ष यमबहादुर अर्यालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा रामचन्द्र अर्याल (आरसी)ले आर्थिक प्रतिबेदन उद्घाटन सत्रमा प्रस्तुत गरेका थिए । उद्घटान सत्रमा स्वागत ओमप्रसाद अर्यालले गरेका थिए भने कार्यक्रमको सञ्चालन मनोज गौतमले गरेका थिए ।

समाजका नवनिर्वाचित अध्यक्ष भण्डारीले समाजलाई अझ बढि गतिशिल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले सामाजिक कार्यलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

साथै उनले समाजलाई अझ बढि बलियो बनाउन सवैलाई समेट्ने गरी अगाडि बढ्ने बताए । कार्यक्रममा अग्रज समाजसेवी तुल्सीराम अर्यालको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित