
अखिल नेपाल भिक्षु महासंघ सचीव भिक्षु निग्रोध महास्थवीरले रिवन काटेर उद्घाटन गरिएको हो । अखिल नेपाल भिक्षु महासंघले निर्माण गरेको भवनको भिक्षु संघबाट त्रिरत्न बन्दना र जयमंगल गाथा पाठ गरेर उद्घाटन गरिएको हो । विहार करिव १ करोड ९० लाखको लागतमा तयार पारिएको संघले जनाएको छ ।
विहार उद्घाटनपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष डा.ल्हारक्याल लामाले शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताए । ज्ञान र शान्ति शास्त्रबाट मात्र होइन, ज्ञान आफै भित्रबाट पाइने कुरा उजागर गर्दै उपाध्यक्ष डा. लामाले आज सबै बौद्धमार्गी मात्र नभई सबै मानव समाज उनका विचारलाई सूत्रका रुपमा प्रयोग गर्दै खुसी भैरहेको समेत बताएका छन् । कार्यक्रममा महासंघका उपाध्यक्ष शीलभद्र महास्थविर, अर्का उपाध्यक्ष सद्धातिम्स महास्थविर लगायतले बोलेका थिए ।
विहारभित्र बुद्ध मूर्ति एवं अभ्यास कक्षहरु स्थापना गरिएको छ। विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् ।